Websoft University

सय घर उपभोक्ताका लागि खानेपानी वितरण कार्य सुरु



उदयपुर माघ  २ गते ।  रातो तारा डट कम -
उदयपुरको पहाडी दुर्गम गाविस भुटार–१ मा सय घर उपभोक्ताका लागि खानेपानी वितरण कार्य सुरु भएको छ ।
जिल्ला खानेपानी डिभिजन कार्यालय तथा जिल्ला विकास समिति, उदयपुर र पेशोक नेपाल उदयपुरको साझेदारीमा तीन वर्षअघि स्थानीय गोगने खोलाबाट निर्माण कार्य सुरु भएको उक्त खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि अब पानी वितरण कार्य सुरु गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय, उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

उक्त गोगने खोला खानेपानी योजना निर्माण कार्य सम्पन्न गर्न रु ३८ लाख २९ हजार बजेटमा सम्पन्न भएको खानेपानी योजना निर्माणका सञ्चालनकर्ता, पेशोक नेपाल उदयपुरकी सिर्जना दनुवारले बताईन् । तीन घर उपभोक्ताका लागि एक धारा वितरणको व्यवस्था गरिएको उक्त योजनामा ३१ धारा रहेका छन् ।

खानेपानी योजना सम्पन्न भएर पानी वितरण भएपछि अहिले स्थानीयवासीले डोकोमा गाग्री बोकेर डेढ घन्टा टाढाबाट पानी ल्याउनु पर्ने समस्या समाधान भएको स्थानीय जुनाकुमारी राईले बताईन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.