खोटाङ, माघ ११,गतेे।
डेढ वर्षअघि विद्यार्थी नभएको भन्दै सरकारले खारेज गरेको जनजागृति प्राविमा अहिले कम्युटर देखि कोदालो सम्म पढाईहुने गरेको छ ।
यतिखेर त्यहाँ पूर्व झापा–इलामदेखि पश्चिमका जुम्ला–हुम्लासम्मका विद्यार्थीहरुले पढने गर्दछन् , । हाल डेढ सय विद्यार्थीलाई आवासको समेत सुविधा रहेको छ ।
तीन शिक्षक दरबन्दी भएको विद्यालयमा ७ मात्र विद्याथथी भएपछि डेढ वर्ष अगाडि जिल्ला शिक्षा कार्यालय खोटाङले उक्त विद्यालयलाई खारेज गरेको थियो ।
स्कुल खारेज भएपछि स्थानीयशरुको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो । सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बनेपछि शिक्षण विधि फेरियो । पढाइ कक्षामा होइन, स्थलमै विद्यार्थी लगेर सिकाउन थालियो ।
‘अहिले कम्प्युटरदेखि कोदालोसम्मको पढाइ हुने गरेको छ । जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,’ अध्यक्ष राईले भने, ‘विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ ।
हाल ‘पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने गरिन्छ । हाल विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना मात्र शिक्षक छन् । अन्य ५० जनालाई व्यावहारिक शिक्षकका रूपमा राखिएको छ ।
हाल यहाँ जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थीहरु पठन पाठन गरिहेका छन् । आर्थिक स्थिति निम्न भएका र भूकम्प पीडितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ । अहिले प्राथमिक तहदेखि कक्षा १२ सम्म गरी १ सय ७० विद्यार्थी छन् । कक्षा ६ सम्म जनजागृतिमा भर्ना गरिएको छ भने ७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई सरस्वती माविबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
Post a Comment