काठमाण्डौ माघ ११ गते।
भारतले सर्वोच्च शिखर सगरमाथाको उचाई पुनः नाप्ने भएको छ । २०७२ बैशाख १२ गतेको भूकम्पले सगरमाथाको उचाईमा के कस्तो असर पर्याे भनेर अध्ययन गर्न भारतले सर्वे गर्न लगेका भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले बताएका छन् ।
यस अघि भारतले सन् १८५५ मा सगरमाथाको उचाई नापिएको थियो । उक्त समय सर्वे अफ इण्डियाले दिएको रिपोटमा सगरमाथाको उचाई २९ हजार २८ फिट (८ हजार ८४८ मिटर) थियो । अहिलेसम्म सगरमाथाको आधिकारिक उचाई उसलाईनै मानिएको छ ।
यसबीचमा सगरमाथाको उचाईबारे थुप्रै अध्ययन रिपोर्टहरु पनि आएका छन् । तर, अहिलेसम्म सर्वे अफ इण्डियाले गरेको मापनलाई आधिकारिक मानिएको छ ।
‘नेपालमा ठूलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । बैज्ञानिकहरुमा सगरमाथाको उचाई घटेको हो कि भनेर सर्वो गर्न भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले भारतीय समाचार संस्था पीटीआईलाई बताएका छन् ।
उहाँले भन्नु भयो ‘हामी सगरमाथामा छिट्टै एउटा टोली पठाउँदैछौं ।’ यसले महादेशीय प्लेटको अवस्थाबारे बैज्ञानिक अध्ययनमा पनि सहयोग पुग्नेछ ।
राओका अनुसार सर्वे टोली पठाउन आवश्यक सबै प्रक्रिया पुरा भइसकेको छ । हैदरावादमा भएको जिओस्पेसियल वल्र्ड फोरममा नेपालका नापी प्रमुखसँग पनि यसबारे कुराकानी भएको उहाँले बताउनु भएको छ ।
Post a Comment