विराटनगर,माघ १३ गते । विराटनगर २० बाट प्रहरीले हिजो लागुऔषधसहित एक जनालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा सुनसरी धरान–११ बस्ने कृष्ण मंग्राती रहेका छन् मंग्रातीलाई सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीको टोलीले भारतको जोगबनीबाट नेपालतर्फ आउदै गरेको अवस्थामा साँझ ५ बजे पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट शरिरको बिभिन्न भागमा लुकाई ल्याएको लागुऔषध डाईजेल्याव–४५ एम्पुल, लुपीजेसिक–४५ एम्पुल, एभिल–४५ एम्पुल, फेनारगन–४५ एम्पुल र नाइट्रोसन–१७० ट्याबलेट बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका मंग्रातीलाई सिमा प्रहरी चौकी रानीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
Post a Comment