Websoft University

कोइरालालाई भारत सरकारकाे पद्मश्री सम्मान



काठमाडौं, माघ१३ गते ।  माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ ।

पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो । उदाहरणीय सामाजिक कार्य गरेबापत सन् २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् ।

कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारतमा बेचिएका महिला र बालबालिकाहरुको उद्धार र संरक्षणमा काम गर्दै आउनु भएको छ । यसअघि उहाँ २०६८ सालमा सीएनएन हिरो घोषित हुनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.