उदयपुर, माघ १३ गते ।
गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको भन्दै उदयपुरको गिदेरी खोलामा निर्माणाधिन पुलको रोक लगाइएको छ ।
गिदेरी खोलाको पुलमा ठेकेदारले कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीय बासिन्दाले पुलको निर्माणमा रोक लगाएका हुन ।
पुलको पिल्लरको फाउन्डेसनमा प्रयोग भएको गिट्टी तथा बालुवा कमसल भएकाले स्थानीय बासिन्दाले त्यसलाई हटाउन माग गरेको छन् । अगामी ६ महिना भित्र निर्माण सम्पन्न हुन भनिएको पुलको अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ ।
Post a Comment