विराटनगर पुस २० गते । रातो तारा डट कम-
नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जोखिममुक्त बनाउन स्थायी संयन्त्र बनाउने भएको छ। महासंघका अध्यक्ष महेन्द्र विष्टले पत्रकारहरुलाई जोखिम मुक्त बनाउन स्थायी संयन्त्र बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगसँग समन्वय गरेर पत्रकारहरुलाई जोखिममुक्त बनाउने संस्थागत संरचना तयार हुने पनि स्पष्ट पार्नुभयो प्रेस स्वतन्त्रता हननको अनुगमनका लागि साझा मापदण्ड विषयक पुस्तकको काठमाडौंमा विमोचन गर्दै अध्यक्ष विष्टले प्रेस स्वतन्त्रताको रक्षा गर्न पनि स्थायी प्रकृतिको अनुगमन संयन्त्र बनाउनु परेको पनि उल्लेख गनुभयो।
उहाँले सञ्चार माध्याम विरुद्ध शारीरिक, मानसिक तथा भौतिक हिंसामा कमी नआएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणमा लिन पनि आफूहरु लागि पर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले नेपाली संचार माध्यामले परिवर्तनको नेतृत्व नभई नागरिकलाई सचेत बनाउने गरी समाचार सम्प्रेषण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नागरिकलाई सत्य तथ्य बारे जानकारी गराउन सञ्चार माध्याम लागि नपरेसम्म प्रेस स्वतन्त्रताको रक्षा हुनै नसक्ने पनि उल्लेख गर्नुभयो । पुस्तकमा प्रेस स्वतन्त्रताको अवस्थाको अनुगमन, अवलोकन, अभिलेखनसहितको प्रतिवेदन समावेश गरिएको छ।
Post a Comment