गौशाला माघ ५, गते ।
महोत्तरीको भरतपुर गाविसमा गएराति एक महिलाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर गाविस–६ बस्ने मोहमद फरोजकी पत्नी २० वर्षीया जसिरा खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पति रोजगारीको सिलसिलामा भारतको तामिलनाडुमा रहँदै आएकी जसिराको शव गएराति ८ः३० बजे उनी आफ्नै सुत्ने कोठामा काठको बलोमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ भने घटनालाई रहस्यमय भन्दै प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Post a Comment