बिराटनगर, माघ ६ गते । २०७३, रातो तारा डट कम-
संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित गराउने रणनीतिअनुरूप प्रधानमन्त्री पुष्पकमल दाहालले संसदनमा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउन थाल्नु भएको छ ।
प्रधानमन्त्री दाहालले साना दलका तर्फबाट केहीलाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्नुु हुने खबर छ । संविधान संशोधनको अंकगणितको खेल तीव्र भइरहँदा प्रधानमन्त्रीले साना दलका सांसदलाई बिहीबार आज नै मन्त्रीका रूपमा शपथग्रहण गराउने भएका हुन् ।
समचार स्रो्तका अनुसार अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री बनाउन लागिएको जनाएको छ ।
सरकार गठनको पाँच महिना पुग्नै लाग्दा सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको हो । ‘अरू दललाई
पनि सरकारमा ल्याउनेबारे छलफल भइरहेपनि टुंगो लाग्न सकेकोछैन भनिएको छ।
प्रेम ब. सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ । सो मन्त्रालय हाल प्रधानमन्त्री आफैंसँग छ । यस्तै, खड्काले महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाउने भएकाछन। आज यि दुई मन्त्री,थपिदा अब मन्त्रीमण्डल ४३ सदस्यीय हुनेछ।
विधेयक पारितका लागि ३ सय ९६ मत आवश्यक पर्छ।
मन्त्रिपरिषद विस्तार गरे रै भए पनि संविधान संशोधन विधेयक पारित गराउने रणनीतिमा सरकार यसबेला लागिपरेको देखिन्छ ।
Post a Comment