Websoft University

कल्याणकारीको स्वर्ण महोत्सव मुल समारोह समिति गठन


युवराज ठकुरी/सिंहदेवी,मोरङ, माघ १२ गते । रातो तारा डट कम -उत्तरी मोरङको सिंहदेवी गाविसमा अवस्थित एक मात्र मावि कल्याणकारीले विद्यालय ५०औं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउन मुल समारोह समिति गठन गरेको छ।



दिलीपकुमार ठकुरीको संयोजकत्वमा ५७सदस्यीय मुल समारोह समिति गठन गरेको हो।स्वर्ण महोत्सव मुल समारोह समितिले १३वटा उपसमिति गठन गरेको समितिका संयोजक दिलिप ठकुरीले बताए।

    भक्तबहादुर ठकुरीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक उपसमिति,कृष्णराज खाण ठकुरीको संयोजकत्वमा पाँच सदस्यीय स्वर्ण स्तम्भ निर्माण उपसमिति, विपन राईको संयोजकत्वमा पाँच सदस्यीय मन्च व्यवस्थापन तथा भुपु विद्यार्थी एकता उपसमिति,युवराज ठकुरीको संयोजकत्वमा पाँच सदस्यीय प्रचारप्रसार उपसमिति,पृतबहादुर लिम्बूको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन तथा स्वयंसेवक परिचालन उपसमिति,प्रेमबहादुर लिम्बूको संयोजकत्वमा  खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमिति,गजरबहादुर लिम्बूको संयोजकत्वमा सम्मान तथा पुरस्कार व्यवस्थापन  उपसमिति,नगेन्द्रकुमार खाण ठकुरीको संयोजकत्वमा स्वास्थ्य सरसफाइ उपसमिति ,युभराज खड्काको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, कविन्द्र लिम्बूको संयोजकत्वमा लोक संस्कृती उपसमिति, उपसमिति,अनरबहादुर शाहीको संयोजकत्वमा स्मारिका प्रकाशन तथा प्रतिवेदन उपसमिति,कमल ठकुरीको संयोजकत्वमा भुपु विद्यार्थी एकता उपसमिति र खड्गबहादुर ठकुरीको संयोजकत्वमा सल्लाहकार उपसमिति गठन गरिएको विद्यालयका शिक्षक डब्लुबिक्रम खाणठकुरीले
बताए ।

आजै देखि समिति स्वर्ण महोत्सवको तयारीमा जुटेको र विद्यालयको स्वर्ण महोत्सव सफल बनाउ भुपु विद्यार्थी तथा युवा समाजसेवी सिंहदेवी-९(कोशी हरैचा-हाल)हाल-साउदी अरेबियामा कार्यरत नरेश राईले रु ३३३३/-,र विपन राईले रु ३१११/-रकम सहयोग हस्तान्तरण गरेको विद्यालयका शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए।स्वर्ण महोत्सव फागुन १३गते हुने समितिले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.