बिराटनगर, माघ १२ गते । २०७३, रातो तारा डट कम -
सानैमा अंग्रेजी बिद्यालयबाट शिक्षा लिन नपाएकै कारण समाजसेवा गर्दै आउनु भएका समाजसेवी सुमिना चोङबाङ सँग गरीएको कुराकानी-
तेह्रथुम जिल्लाको सम्दु ३ मा २०४५ साल भदौ २२ गते बुबा देउ प्रसाद चोङबाङ आमा बुद्धमाया लिम्बुको कोखबाट जन्मीनु भएका सुमिना चोङबाङले प्रबास भुमीमा बगाएको पसिनाको कमाईलाई समाजसेवामा लगानी गर्दै आउनु भएको छ ।
सानैमा दुर्गम गाँउमा जन्मीनुका कारण अंग्रेजी बिद्यालयबाट शिक्षा लिन नपाएकै कारण समाजमा रहेको भाबी पुस्ताहरुले यस्तो पिडा नभोगुन भन्ने अदेश्यका सााथ समाज सेवामा आफुले कमाएको पसिनाको कमाई खर्चिन्दै आउनु भएको
छ । महिला भएर पनि समाजका लागी उदाहरणीय कार्यमा
आफ्नो कमाई खर्चिनु चानचुने कुरा भने पक्कै होईन आफुले भोगेको पिडा सँगै सामना गर्नु पर्ने बाध्यताहरुलाई संगालेर समाजसेवाका लागी आर्थीक भौतिक नैतिक तथा रुपमा लाग्दै आउनु भएका सुमिना समाजसेवाको एक नक्षत्र हुन भन्दा फरक नपर्ला उहाँ सँग भएको कुराकानी हामीले राखेका
छौ ।
१ स्वागत छ ! तपाईलाई हाम्रो अनलाईन पत्रिकामा
–धन्यबाद !
२ हाल तपाई के गर्दै हुनुहुन्छ ?
–हजुर अहिले म सानो ब्यापारमा ब्यास्त छु र बचेको समयमा समाजसेवाका लागी खर्चिन्दै आएको छु ।
३ तपाई कसरी समाज सेवामा प्रबेश गर्नु भयो ?
–सानैमा ईङलिस बिषयकाृ स्कुलमा पढ्नृ चाहान र ईच्छा भएर पनि दुर्गम गाँउमा जन्मीएको कारण मेरो ईच्छा र चाहाना पुरा हुन नसके पनि अब आउने पिडीलाई केही राहात होस भन्ने अभीप्रायका साथै गाँउमा रहेका गरीब तथा बिपन्न बर्गका समुदायहरुलाई सेवा गर्न उदेश्यका साथ गाँउमा बिद्यालय स्थापना गरे सँगै समाजसेवामा प्रबेश गरेको हो ।
४ तपाईले कस्तो ब्यात्तीहरु माथी समाजसेवा गर्नु भएको छ ?
–आर्थीक अभाबका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई मेरो केही सहयोगले सेवा मिलोस भन्ने बिचारका साथै म सानोमा हुँदा स्टाफ नर्स बन्ने ईच्छा पुरा नभएको भए पनि मैले गर्ने कार्यले बिपन्न तथा गरीब परिवारका बिरामीहरु समथै बिषेश गरेर महिला दिदी बैनीहरुलाई सेवा गर्दै आएको छु ।
५ तपाईको बिचारमा समाजसेवा भनेको के हो जस्तो लाग्छ ?
–समाजसेवा भनेको समाजको गाँउ ठाँउमा रहेका निमुखा गरीबीले पिल्सेकाहरुलाई केही राहात गर्नको साथै समाजलाई सकरात्मक बाटोमा अगाढी बढाउनका लागी मनैदेखी आर्थीक भौतिक तथा नैतिक रुपमा लागेर अगाडी बड्नु नै समाजसेवा हो जस्तो लाग्छ ।
६ तपाईले अहिले सम्म कहाँ कहाँ कस्ता कस्ता ब्यात्तीहरुलाई सहयोग गर्नु भएको छ ?
–हजुर मैले सुरुमा गाँउमा रहेका नानीहरुको भबिष्यलाई मध्यनजर गर्दै आफु जन्मेको सम्दु ३ मा ३० लाख बराबरको रकमले बिद्यालयको भबन निमार्ण गरेको छु त्यस्तै गाँउमै ४ सय मिटर सडक मर्मतका लागी २५ हजार दाङका मृगौला पिडित श्यामकला मगरलाई १५ हजार तेह्रथुम फाक्चामारा की मृगौला पिडित खिनामाया कुरुम्भङलाई १८ हजार रेडियो मेन्छ्यायेमको भबन निमार्णका लागी ८९ हजार रुपैयाँ स्वगिय बुबा देउ प्रसाद लिम्बुको नाममा सहयोग गरेको छु त्यस्तै आङबुङ, मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङमा आय बृद्धीका लागी सामुदायिक शिशु स्याहार केन्द्र लाई २ लाख किँरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भबन निमार्णका लागी ४० हजार सहयोग र मेयङलुङ स्तभको लगाी
६ हजार सहयोग गरेको छु ।
७ तपाईले समाजसेवामा महत्वपुर्ण काम के गरे जस्तो
लाग्छ ?
–मैले सामाजसेवा अन्तर्गत गाँउमा रहेका नानीहरुको भबिष्य निमार्णमा लागी बिद्यालय स्थापना गरेर गाँउमै अंग्रेजी माध्यमबाट शिक्षा दिएको कुरालाई महत्वपुर्ण काम गरेको जस्तो लागेको छ ।
८ आगामी दिनमा समाजसेवालाई कसरी अगाडी बढाउने सोच बनाउनु भएको छ ?
–समाजसेवालाई अंगालि सकेको हुनाले बिषेश गरेर महिला बिपन्न तथा गरीब परिवारलाई नैतिक तथा आर्थीक रुपमा मैले सक्ने मेरो तर्फबाट सेवा गरी रहने सोच लिएको छु ।
९ समाजसेवामा कस्ता कस्ता समस्या र चुनौतीहरु सामना गर्नु भएको छ।
–मैले, समाजसेवा गरी रहँदा म आफै महिला भएको कारणले पनि होला समाजबाटै बिभीन्न किसीमका कुरा देखी लिएर मैले गरेको कार्यमा अबरोध पुर्याउने साथ सहयोग गर्नेहरुलाई पनि बिभीन्न बाहानामा भड्काउने लगायतका समस्या चुनौतीहरु सामाना गर्नु पर्ने अबश्थाहरु भोग्दै आएको छु ।
१० चर्चामा आउन मात्र समाजसेवा गर्नु भएको होकी ? खास उदेश्य के हो ?
–समाजसेवा भन्ने कुरा मलाई चर्चामा आउनलाई गरिन्दैन र गरेको पनि हैन मैले समाजका लागी जति सक्ने सेवा दिन मात्र खोजेको हुँ मलाई अरुले जे भन्लान पैसा कमायो चर्चामा आउन पैसा खर्च गर्याे भनेर, तर मेरो उदेश्य पिडीतहरुलाई केही राहात दिने हो मेरो सानो सहयोगले कसैले जिबनदान पाउन सकोस कुनै संस्था या समुहले प्रगतीको लागी राहात पुगोस भन्ने उदेश्यले समाजसेवा गर्दै आएको छु ।
११ अन्त्यमा केही भन्नु छ की ?
–समाजका लागी केही सेवा गर्ने उदेश्यका साथ समाजसेवा गर्दै आएको हुनाले म जहाँ रहे पनि मैले सक्ने सेवा समाजका लागी सधै दिन तयार छु । अन्त्यमा मैले चिने जानेका सम्पुर्ण मान्यजनहरु प्रती म कच्चा नै छु म पक्का बन्नको लागी सबैजनाको सहयोगको अपेक्षा राख्दै मलाई तपाईको अनलाईनमा समय दिनु भएकोमा हार्दिक धन्यबाद दिन चाहान्छु ।
प्रस्तोता प्रकाश पाक्साँवा
Post a Comment