Websoft University

बेलबारी मालपोत र नापीमा सुधारको खांंचो



बिराटनगर, माघ १३ गते । २०७३,रातो तारा डट कम
बेलबारी मालपोत कार्यालयले आ व २०७२ ०७३ को पुस मसान्त सम्ममा रजिष्टेशन तर्फ रु १२ करोड ८६ लाख ८८हजार ६४७, रुपैया राजश्वा संकलन गरेकोछ ।

त्यासैगरी प्रशासनिक दण्ड जरिवाना जफतबाट रु १८ लाख ९५ हजार ३१सय २८ रुपैया उठेकोछ भने बिक्री तर्फ २ लाख ६८ हजार र रोक्का खस्तुर रु ६९ हजार, र जग्गाको मोल रु ९९ हजार ७२१ छ र पुजीँगत लाभ कर तर्फ रु २३ करोड ४६ हजार ८२९,उठेको कुरा बेलबारी मालपोत कार्यालय मुद्दा फाटका माधव पोखरेलले जानकारी दिनु भएकोछ ।


बढदो शहरीकरणले व्यास्त हुदैगरेको बेलवारी मालपोत कार्यालयको अवस्था नाजुक रहेको पाईन्छ । आज सम्मपनि जनताका स्रेस्ताहरु कम्युटर राईज गर्न नसक्नु कर्मचाारीहरुको अभावले जनताका कामहरु ढिला हुँनु भाडाको घरको सागुरो ठाउभएर काम गर्न उकुस मुकुस हुनु जस्ता नरामरा पक्षहरु
रहेछन ।

बेलबारी नापी को त कुरै नगरे पनि हुने रहेछ, त्यहा त
झन को कर्मचारी को सेवाग्राही छुट्टाउन गारो पो रहेछ।
काम गर्ने ठाउँको अभाव भाडाको घर साघुरो ठाउँ र कर्मचारीहरुको अभावले सेवा ग्रहिहरुले बेलबारी नापीमा
ठुलै सास्थि खेपेको पाइयो । हाल बेलवारी मालपोत र नापी कार्यालयको सुधारमा सम्वन्धित पक्षले ध्यान दिएर छिटो सुधार गर्नु  पर्ने रहेछ ।

अहिले बेलवारी मालपोत कार्यालयमा एक कार्यालय प्रमुखा अधिकृत ४ नासु ११ ख ७ कम्युटर अपरेटर २ कास ६ र करारमा १ जना गरी जम्मा ३२ जना हाल कर्मचारी
कार्यारत रहेको कुरा प्रशासन बाट थाहा भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.