Websoft University

बसको ठक्करबाट सफारी चालकको मृत्यु


झापा, माघ ८ गते। रातो तारा डट कम -
झापाको कन्काई-१ स्थित जुके कल्भट नजिकै शनिबार बसको ठक्करबाट एक सफारी चालकको मृत्यु भएको छ।

विहान १०;४० बजेतिर ना ७ ख ३८९ नम्बरको बसले मे १ ह १४१९ नम्बरको सफारीलाई ठक्कर दिएको थियो। ठक्करबाट सफारी चालक कनकाई-८ बस्ने ६४ बर्षिय लक्ष्मण मगरको मृत्यु भएको हो।  गम्भिर घाइते मगरको उपचारकोलागी विर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

साथै दुर्घटनामा सफारीमा सवार उनकै  श्रीमती ५५ बर्षिया इन्दिरा मगर समेत घाइते भएकी छिन्। उनको विएनसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ। ठक्कर दिने बसका चालकलाई  इलाका प्रहरी कार्यालय  सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.