Websoft University

आयोगको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्ने माग



विराटनगर, ४ माघ । रातो तारा डट कम-
 नेकपा (एमालेका)का महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन् ।


विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा पार्टीको पुरानै अडान कायमै छ भन्दै ‘निर्वाचन गराउने सरकारको मनशाय नरहेको कारण’ सो विधेयक ल्याइएको जिकिर गरे ।

उहाँले यदि सरकारले निर्वाचन गराउन खोजेको छ भने संविधान संशोधन विधेयक फिर्ता लिनुपर्छ वा स्थगन गरी निर्वाचनका लागि आवश्यक कानुन निर्माणतर्फ अग्रसर हुनुपर्छ भन्ने धारणा राखे ।

उहाँले भन्नुभयो–“संविधान निर्माणको बेलामा जसरी प्रमुख तीन दलबीच एकता थियो सोहीअनुरुपको एकता संविधान कार्यान्वयनका लागि पनि हुनुपर्छ ।”

स्थानीय निकाय पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा उनकोे जोड थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.