विराटनगर, माघ १२ गते। २०७३, रातो तारा डट कम -
पूर्व क्षेत्रीय प्रहरी कार्यालयको सचेतना अभियान अन्तरगत हिजो दुई स्कुलमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रबाट खटिएका प्रहरी टोलीले विराटनगर-५ राजवंशी चौकस्थित अर्पण स्कूल तथा विराटनगर-६ स्थित एभरेष्ट उच्च मा.वि. मा मंगलबार सचेतना कार्यक्रम गरेका छन्।
सचेतना अभियान अन्तरगत प्रहरीले बिधार्थीहरुलाई घरेलु तथा महिला हिंसा, ईन्टरनेटको प्रयोग, साइबर अपराध, बाल अधिकार तथा बाल बिज्याईँ, लागूऔषध दुर्व्यसनका असरहरु तथा ट्राफिक नियम पालनाका बारेमा शिक्षण दिएको हुन्।
प्रशिक्षणकाक्रममा बिधार्थीहरुसंग अन्तरक्रियात्मक विधीद्वारा उनीहरुको जिज्ञासा समेत सम्बोधन गरिएको कार्यक्रम संयोजक प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारीले बताउनु भयो।
“प्रहरी मेरो साथी”को ब्यानरमा प्रहरी-नागरिक हातेमालो (Police Public Hand to Hand-P2H2) अभियान अन्तरगत संचालन भएको सो प्रशिक्षणमा दुबै बिधालयका कुल ११० जना छात्र/छात्राहरु सहभागी थिए।
Post a Comment