Websoft University

सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको काम प्रति प्रधानमन्त्री असन्तुष्ट




काठमाडौं, पुस २७  गते । रातो तारा डट कम -
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की लाई पदबाट हटाउने भएका छन् ।

कार्कीको कामबाट प्रधानमन्त्री प्रचण्डसहित माओवादीको कोही पनि नेता सन्तुष्ट थिएनन् । पार्टी निकट प्रेस सेन्टरसमेत कार्कीको विपक्षमा छ । कार्कीमाथि सरकारका राम्रा कामको जस लिने गरी भूमिका खेल्न नसकेको तथा विपक्षीबाट प्रधानमन्त्री र सरकारमाथि भएको प्रचारबाजीको काउण्टर गर्न नसकेको आरोप लाग्दै आएको छ ।

यस्तै सरकारी सञ्चार माध्यममा प्रधानमन्त्री र प्रेस सेन्टरले सिफारिस गरेका पार्टी सम्वद्ध पत्रकारालाई पाखा लगाउँदै पार्टी इतरकालाई च्यापेको उनीमाथि छ । कार्कीले सरकारी सञ्चार माध्यमलाई समेत सरकारको तीनि र सोचअनुसार परिचालन गर्न नसकेको तथा बेलाबखत प्रधानमन्त्री र सरकारविरुद्ध नै समाचार प्रकाशन÷प्रसारण हुने गरेको चार्चसमेत लागेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतले उनलाई हटाउन लागिएको पुष्टि गरेको छ । ‘उहाँको कामबाट प्रधानमन्त्री सन्तुष्ट हुनुभएको छैन’, स्रोतले भन्यो, ‘एक÷दुई दिनमै हटाउने तयारी छ ।’
प्रचण्डले कार्कीको फाइल फालेपछि‘।

मन्त्री कार्कीले पछिल्लो मन्त्रिपरिषद बैठकमा रेडियो नेपालको महाप्रबन्धकमा पुनः सुरेशकुमार कार्कीलाई निरन्तरता दिनेप्रस्ताव लगेका थिए । तर, प्रधानमन्त्रीले अस्वीकार गरे ।
प्रेस सेन्टरको सिफरिसमा प्रधानमन्त्रीले पार्टी निकट पत्रकार सन्तोष पौडेललाई रेडियो नेपालको कार्यकारी निर्देशक नियुक्ति गर्न भनेका थिए ।

प्रचण्डले कार्कीलाई बोलाएर सन्तोषकै अगागि उनलाई महाप्रबन्धकको जिम्मेवारी दिन निर्देशन गरेका थिए । तर, कार्कीले टेरेनन् । सुरेश कार्कीलाई नै नियुक्त गर्ने मनसायसहित जारी गरिएको विज्ञापनमा पौडेललाई पहिलो चरणबाटै आउट गराएका थिए ।

सो प्रकरणका कार्कीको चरण विरोध भएको छ । काँग्रेस निकट सुरेश कार्की तत्कालिन सञ्चारमन्त्री राजकिशोर यादवले नियुक्त गरेका व्यक्ति हुन् । दाजुभाइको नाता लगाएर सुरेशले मन्त्री कार्कीलाई फकाएका हुन् । सुरेशकै उक्साहटमा राम कार्कीले पदीय आचरणविपरीत व्यवहार गर्दैं हिंडेको आरोपसमेत पार्टीभित्रैबाट लाग्न थालेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.