Websoft University
Latest Post


बिराटनगर २०८३ जेष्ठ ११ गते | उद्योग संगठन मोरङको आयोजना, नेपाली युवा उद्यमी मंच झापाको समन्वय तथा एन.भि.क्यु.एस परियोजनाको प्राविधिक सहयोगमा पूर्व सिकाइको मान्यता विधिद्वारा सीप परीक्षण तथा राष्ट्रिय दक्षता मापदण्ड अनुसार जनशक्ति भर्ना सम्बन्धी अन्तरक्रिया झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व सिकाइको मान्यता विधि मार्फत अनौपचारिक रूपमा हासिल गरिएको सीपको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था र राष्ट्रिय दक्षता मापदण्ड अनुसार दक्ष जनशक्ति उत्पादन तथा भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा जानकारी गराइएको संगठनले जनाएको छ ।

उद्योग तथा व्यवसाय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन, सीपयुक्त जनशक्तिको पहिचान र रोजगारी तथा उद्यमशीलतालाई थप प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच अन्तरक्रिया गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उद्योग संगठन मोरङका कार्यसमिति सदस्य सिर्जन प्याकुरेलले वताए ।

कार्यक्रममा नेपाली युवा उद्यमी मंच झापाका अध्यक्ष गणेश पौडेलले उद्योग तथा व्यवसाय क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको आवश्यकता बढ्दै गएको अवस्थामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार भएका जनशक्तिलाई प्राथमिकता दिनसके उद्योग क्षेत्र थप प्रतिस्पर्धी र व्यवस्थित बन्ने धारणा राखे ।

त्यसैगरी, एन.भि.क्यु.एस परियोजनाका प्रदेश प्रबन्धक सुबास घिमिरेले पूर्व सिकाइको मान्यता विधिले लामो समयदेखि विभिन्न पेशामा काम गर्दै आएका व्यक्तिहरूको सीपलाई औपचारिक मान्यता प्रदान गर्ने उल्लेख गरे । उनले राष्ट्रिय दक्षता मापदण्डले उद्योग क्षेत्रलाई आवश्यक सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग क्षेत्रमा दक्ष र प्रमाणित जनशक्तिको प्रयोगले उत्पादनशीलता वृद्धि हुने वताउदै उद्योगी व्यवसायीहरूले अब दक्षता प्रमाणित जनशक्तिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

उद्योगी, व्यवसायी तथा सरोकारवालाहरु बीच आगामी दिनमा विभिन्न पेशामा राष्ट्रिय दक्षता मापदण्ड अनुसार तयार हुने दक्ष जनशक्तिलाई रोजगारीमा प्राथमिकता दिने विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।


विराटनगर २०८३ साल जेठ ८ गते । विद्यार्थीको क्षमता र नेतृत्व विकासकासाथै भु–राजनीतिका बहुआयामिक विषयवस्तुसँग परिचित गराउन विराटनगरमा शुक्रबारदेखि ‘विराटनगर रोटरी नमूना संयुक्त राष्ट्रसंघ ’सम्बन्धी सम्मेलनको शुभारम्भ गरिएको छ । 

रोटरी क्लब अफ विराटनगर र रोट्राक्ट क्लब अफ विराटनगरले विराटनगर –५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलको सहकार्यमा समारोहको आयोजना गरेको हो । २२ देखि २४ मे सम्म एभरेष्ट कलेजमा चल्ने सम्मलेनमा कक्षा ७ देखि कक्षा १२ सम्मका४ विद्यालयका २ सय २५ विद्यार्थी सहभागी   छन् । सहभागी विद्यार्थीले सम्मलेनमा सार्क राष्ट्रको अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ, नेपाल, पाकिस्तान र श्रीलंकाको प्रतिनिधित्व गरिरहेका छन् ।

सहभागी विद्यार्थीले संयुक्त राष्ट्र संघको कार्य सम्पादन बारे विस्तृत ज्ञान हासिल गर्दै आफूले प्रतिनिधित्व गरेको देशले भोग्दै आएको समस्या, मध्यपूर्व एशियाको युद्धले पैदा भएको इन्धन संकटले उत्पन्न आफ्नो देशमा विषम परिस्थिति, जलवायु परिवर्तन, आइटी, कार्बन उत्सर्जन, गरिबी उन्मुलन, मानव तस्करी, लागु औषध दुव्र्यसन एवं कारोबार र निसशस्त्रीकरणलगायतका विषयमा पक्ष राख्ने छन् । 

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै रोटरी क्लब अफ विराटनगरका निवर्तमान अध्यक्ष एवं सम्मेलनका संयोजक मनोजबिक्रम शाहले नमुना संयुक्त राष्ट्रसंघको आफ्नै महत्व रहेको बताए । उनले सिकेका कुरालाई घर र समाजमा लैजान सके सार्थक हुने बताए । शाहले विद्यार्थीलाई क्षमतावान बनाई नेतृत्व उन्मुख बनाउने महासभाको उद्देश्य रहेको बताए । 

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई विविध कुरा जान्ने र सिक्ने ठूलो अवसर दिने गरेको बताए । उनले विद्यार्थीले प्रयोगात्मक पद्धत्तिबाट सिकेका कुरा जीवनको टर्निङ प्वाइन्ट बन्न सकोस् भनि महासभाको सफलताको कामना गरे । 

एभरेष्टका प्राचार्य टिकाराम पुरीले सूचना चौतर्फी भएपनि विवेक प्रयोगबाट मात्र आउने बताए । उनले आजको अन्तरसम्बन्धित विश्वमा किताबी ज्ञान एक्लैले नपुग्नेभन्दै वैश्विक कुटनीतिज्ञका भूमिका एवं कार्यशैली, संवेदनशील एजेण्डामा बहस र संयुक्त राष्ट्र संघको संचालनबारे सम्मेलनले विद्यार्थीलाई अवसर उपलब्ध गराउने बताए । 

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहालले हालको विश्वव्यापी बद्लिँदो परिस्थितिमा सबैले आ–आफ्नो जिम्मेवारी अनुसारको कार्य गर्नु पर्ने बताए । उनले विद्यार्थीले आफ्नै भुमि र क्षेत्रमा संयुक्त राष्ट्र संघको भूमिका निर्वाह गर्न पाउनु गर्वको कुरा भएको बताए ।  

पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. विजुकुमार थपलियाले जीवनमा कसरी सही बाटो खोज्नेभन्ने महत्वपूर्ण भएको बताए । उनले तर्क जितेर सफल नहुनेभन्दै लक्ष्य हासिल गर्न साझा बाटो आवलम्बन गर्नु महत्वपूर्ण हो भनि बताए ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष ठाकुरप्रसाद आचार्यले यस प्रकारको कार्यक्रम विराटनगरमा रोटरीले पहिलो पटक आयोजना गरेको बताए । उनले सम्मेलनले विद्यार्थीमा परिपक्वता आउने र निर्णय लिने क्षमता मजबुत हुने बताए ।

 


विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारणसभाले ११ बुँदे घोषणापत्र जारी गरेको छ ।

प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा, सञ्चारमाध्यमको सञ्चालन वातावरण तथा सूचना–सञ्चार नीतिसम्बन्धी विविध समसामयिक विषयहरू समेट्दै घोषणापत्र तयार पारिएको हो । साधारणसभाले नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.