Websoft University

चीनको रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले तीन देशले रक्षा प्रणालीको बिकास गर्ने


 काठमाण्डौ भदौ ३१ गते । रातो तारा डट कम, अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले तीन देशले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौता अनुसार अष्ट्रेलियाले पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी निर्माण गर्ने भएको छ । सम्झौतापछि तीनवटै देशको साइबर क्षमता,आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढेको खबरमा उल्लेख छ । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौताको चीनले विरोध जनाएको छ । 



 


   




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.