काठमाण्डौ पुस २९ गते । रातो तारा डट कम,कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर २ का ७५ जना जेष्ठनागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । जेष्ठ नागरिक पर्व पाण्डेको अध्यक्षता तथा नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष विर्ख सिंह विकको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडाका ७५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजित रकमबाट जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको वडा अध्यक्ष विकले बताउनुभयो । जाडोको समयमा न्यानो कपडा पाउँदा जेष्ठ नागरिकहरु पनि खुसी भएका छन् । स्थानिय सरकार आएसँगै धेरै कुरामा सहज भएको उनीहरुको भनाई छ ।
Post a Comment