Websoft University

चिसोले गर्दा बिरामीको संख्या बढ्यो



काठमाण्डौ पुस २९ गते । रातो तारा डट कम, बाजुरा, चिसो बढेसँगै जिल्ला अस्पताल बाजुरामा श्वासप्रश्वासका बिरामीमा बढेका छन् । चिसो बढेँसँगै अस्पतालमा दैनिक जसो श्वासप्रश्वासका बिरामी बढेको जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनुभयो । बालबालिकालाई रुघाखोकी लाग्ने, ज्वरो आउने र निमोनिया र झाडापखालको जोखिम उच्च देखिएको डाक्टर विश्वकर्माको भनाई छ । 

अस्पतालका अनुसार चिसो बढेसँगै दैनिक ८० देखि ९० जनासम्म उपचारका लागि पुग्ने गरेका छन् । बढिजसो निमोनिया भएका बालबालिकाहरु अस्पताल पुग्ने गरेको उहाँको भनाई छ । निमोनिया विशेष गरि बालबालिकालाई लाग्ने श्वासप्रश्वास सम्बन्धी रोग हो । जसका कारण फोक्सोमा संक्रमण हुने गर्छ । चिसो बढेकासँगै बालबालिकाहरु र जेष्ठ नागरिकमा हात र खुट्टाका औला सुनिने,रातो हुने,चिलाउने जस्ता समस्या देखिएको डाक्टर रोहित गिरीले बताउनुभयो । 

यसअघि औषधी पर्याप्त नह्ुँदा समस्या झेलिरहेका विरामीहरुले औषधिको अभाव झेल्नु परको छैन ।  स्वास्थ्य  बिमा कार्यक्रम लागु भएपछि बिरामीलाई सहज भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.