Websoft University

मोरंग व्यापार संघमा एक दिवसीय ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ कार्यक्रम सम्पन्न



काठमाण्डौ पुस २८ गते । रातो तारा डट कम,मोरङ, व्यापार संघ र उद्योग संगठन मोरंगका महिला उद्यम समितिले मोरङ र सुनसरी जिल्लाका महिला उद्यमीहरुलाई यस संघमा भेला गरी एक दिवसीय ‘महिला उद्यम सम्बन्धी अन्तरक्रियात्मक तालिम’ कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र न्यू विजनेस एज प्रा।लि।को सम्झौता अनुरुप नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यका रुपमा रहेका मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगका महिला उद्यम समितिहरुको संयुक्त प्रयासमा उक्त अन्तरक्रियात्मक तालिम कार्यक्रम सञ्चालन गरिएको हो । 

मोरंग व्यापार संघको महिला उद्यम विकास समितिकी का।वा।संयोजक श्रीमती साधन झाज्यू र उद्योग संगठन मोरङको महिला उद्यम समितिकी संयोजक श्रीमती सन्तोष जैनज्यूको सभापतित्वमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उप–मेयर श्रीमती इन्दिरा कार्कीज्यू प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो । संघको महिला उद्यम विकास समितिकी सदस्य शुश्री जिना कार्कीज्यूद्वारा संचालित उक्त कार्यक्रमको समुदघाटन सत्रमा संगठनको महिला उद्यम समितिकी संयोजक श्रीमती सन्तोष जैनज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमका प्रमुख अतिथिज्यूबाट पानसवत्ती प्रज्जवलन भएसँगै संघ–संगठनका अध्यक्षद्वय, विभिन्न अतिथिहरु लगायत प्रमुख अतिथिज्यूले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो भने संघको महिला उद्यम विकास समितिकी का।वा।संयोजक श्रीमती साधना झाज्यूले धन्यवाद मन्तव्य दिनु भएको थियो ।

समुद्घाटन सत्र पश्चात संचालित अन्तरक्रियात्मक तालिम कार्यक्रममा महिला उद्यमशिलताको प्रर्वधन, विकास एवं सहजीकरण गराउने विषय वस्तु समेट्दै महिला उद्यमीहरुलाई व्यवसाय संचालन गर्ने प्रारम्भिक प्रक्रियाहरु, संचालन गर्दा देखा पर्ने व्यवसायिक जटिलटाहरु, तीनका निराकरणका उपायहरु, व्यवसायसँग सम्बन्धित विभिन्न निकायहरु आदि विभिन्न व्यवसायिक जानकारीहरु बारे कार्यक्रममा श्रोत व्यक्तीका रुपमा पाल्नु भएका अन्तर प्रेरणा प्रा।लि।का सि।ई।ओ। श्री निरज खनालज्यूले आफ्नो प्रस्तुति मार्फत अवगत गराउनु भएको थियो । साथै, तालिममा महिला उद्यमीहरुले आ–आफ्ना व्यवसायिक जिज्ञासाहरु वहाँ समक्ष राखी तिनका बारेमा प्रष्ट जानकारी लिने अवसर प्राप्त गरेका थिए ।

कार्यक्रममा मोरंग व्यापार संघका का।वा।अध्यक्ष श्री नविन रिजालज्यू, उद्योग संगठन मोरङका अध्यक्ष श्री भीम घिमिरेज्यू, न्यू विजनेश एज प्रा।लि।का अध्यक्ष श्री मदन लम्सालज्यू, अन्तर प्रेरणा प्रा।लि।का सि।ई।ओ।श्री निरज खनालज्यू, आर्थिक अभियान दैनिकका प्रमुख सम्वाददाता श्री टिपी भुसालज्यू, आर्थिक अभियान दैनिकका व्यवस्थापक श्री बाल सिंह पोखरेलज्यू, आर्थिक अभियान दैनिकका पूर्वाञ्चल क्षेत्रीय प्रमुख श्री रोशन घिमिरेज्यू, मोरङ–सुनसरी क्षेत्रका महिला उद्यमीज्यूहरु, विभिन्न उद्योग वाणिज्य संघका प्रतिनिधिज्यूहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिज्यूहरु, मोरंग व्यापार संघ र उद्योग संगठन मोरङका पदाधिकारीज्यूहरु एवम् कार्यसमितिज्यूहरु, मोरंग व्यापार संघको महिला उद्यम विकास समितिका सदस्यज्यूहरु, उद्योग संगठन मोरङको महिला उद्यम समितिका सदस्यज्यूहरु तथा संचारकर्मीज्यूहरु लगायतका महानुभावहरुको सस्फुर्त सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.