बिराटनगर पुस २८ गते । रातो तारा डट कम,मन्जिना मुभिज क्रिएशनको आयोजनामा यही माघ १ गतेबाट विराटनगरमा हुन गईरहेको विराट सडक महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । नेपाल सरकारको भ्रमण बर्ष २०२० मा नेपालमा २० लाख र प्रदेश नं. १ मा ५ लाख पर्यटक भित्रयाउने लक्ष्यलाई पुरा गर्न र भ्रमण बर्षलाई निजी क्षेत्रबाट सहयोग पुर्याउन विराटनगरमा दोश्रो पटक सडक महोत्सव गर्न लागिएको हो ।
माघ १, २, ३ र ४ गते दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म विराटनगरको महेन्द्र चौकदेखि ट्राफिक चौक जाने बाटो अर्थात हिमालयन रोडमा उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीद्धारा उद्धाटन हुने यस सडक महोत्सवमा भ्रमण बर्ष २०२० लाई प्रचारप्रसार गर्न प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी सहितको तस्बिर समेत राखिने आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सवमा विभिन्न जातजातिको संस्कृति झल्काउने खानाका परिकारहरु, स्वदेशी तथा घरेलु उत्पादनका सामाग्रीहरु, स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती, बालबालिकाहरुका लागी गेमिङ जोन र थप आकर्षणका लागी फुड ट्रकको व्यवस्था गरिएको मन्जिना मुभिज क्रिएशनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी बताउनुभयो । उहाँले यस सडक महोत्सवका लागी हालसम्म ५० वटा स्टलहरु बुकिङ भईसकेको र १ लाखभन्दा बढी दर्शकहरुलाई अवलोकन गराउने लक्ष्य रहेको जानकारी समेत दिनुभयो ।
त्यस्तै महोत्सवको कुल लागत २५ लाख रुँपैया रहेको छ भने महोत्सव अवद्यिभर १ करोड बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ । यसभन्दा पहिले विराटनगरमा करिब ७ बर्ष पहिले प्रथम पटक सडक महोत्सव भएको थियो भने यसलाई त्यही सडक महोत्सवको दोश्रो श्रृङखलाको रुपमा लिईएको छ ।
Post a Comment