साइला राइ,गाइघाट मंसिर ३ गते । रातो तारा डट कम,जिल्ला अदालत उदयपुरले गत २४ असोज साँझ ७ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबास चौकीबारीकी २८ वर्षिय गोभा भनिने शारदाकुमारी चौधरी र उनको कान्छी छोरी ६ वर्षिय रचनाकुमारी चौधरीलाई घरमा नै धारिलो हतियार प्रयोग गरि घाँटी रेटेर हत्यामा संलग्नलाई पुर्पक्षका लागि कारागार चलाउन गरेको छ ।
दशैमा आफनै घर भित्र आमाछोरीको सामुहिक रुपमा धारिलो हतियार प्रयोग गरि हत्यामा संलग्न भएको आरोपमा सिराहाको लहान नगरपालिका– ८ मटे?वाका ४० वर्षिय रामहरी साह हलुवाईलाई पक्राउ गरेको थियो । अदालतले साहलाई सोमवार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।
अभियुक्त साहले गत २४ गते साँझ ७ बजेतिर उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबास चौकीबारीकी २८ वर्षिया गोमा भनिने शारदाकुमारी चौधरी र उनकी कान्छी छोरी ६ वर्षिया रचनाकुमारी चौधरीलाई घरमा नै धारितलो हतियार प्रयोग गरि घाँटी रेटि हत्या गरेको अबस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताए ।
मृतक आमाछोरीलाई घर भित्रको भर्याङ्मुनी हत्या गरेको अबस्थामा प्रहरीले शब भेटाएका थिए । आमा छोरीको हत्या अभियोगमा पक्राउ परेका २ नं. प्रदेशका एक व्यापारी पुर्पक्षका लागि थुना आदेश पाएका सिराहाको लाहान नगरपालिका–२ का रामहरि साहलाई जिल्ला अदालत उदयपुरले सोमबार पुर्पक्षका लागि थुना पठाउने आदेश दिएको हो ।
लाहान स्थायी घर भए पनि त्रियुगा नगरपालिका–३ मोतिगडास्थित मिठाई पसल गर्दै आएका ४० वर्षीय साहले प्रेम सम्बन्धमा धोका दिएका कारण शारदाको हत्या गरेको र उनको हत्याका बेला घरमै टेलिभिजन हेरेर बसि रहेकी छोरीले पनि थाहा पाएको हुनाले नाबालिका छोरी रचनाको पनि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै फरार भएका अपराधीको खोजीमा प्रहरीले संघीय प्रहरी इकाई सुनसरीबाट तालिम प्राप्त कुकुर मगाएर खोजतलास गरेको थियो । साताव्यापी खोजतलासपछि मोतिगडास्थित डेराबाटै बिभिन्न प्रमाण सहित पक्राउ परेका साहलाई अनुसन्धानको क्रममा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
श्रीमान सीताराम चौधरी ३ वर्षदेखि बैदेशिक रोजगारीको क्रममा मलेसिया रहेकाले शारदा दुई छोरीका साथ घरमै बस्दै आएकी थिईन् । ९ वर्षीया जेठी छोरी सानी आमासँग मामली गएका बेला कान्छी छोरी रचनासँगै घरमा रहेका बेला घटना भएको हो । शारदासँग ३ वर्ष अघि आफनो चिनजान भएसँगै आफुहरु बीच प्रेम सम्बन्ध कायम भएको र बिहे गर्ने शर्त राखेकोमा अर्कै पुरुषसँग सम्बन्ध कायम भएपछि असह्य भएर हत्या गर्ने निर्णयमा पुगेको बयान साहले दिएको प्रहरी भनाई छ ।
शारदाले लगाउने गहना मोतिगडास्थित डेराबाट बरामद भएपछि आंशिक प्रमाणका आधारमा पक्राउ साहले बयानका क्रममा प्रहरी समक्ष अपराध स्वीकारेपछि थप अनुसन्धान अघि बढाइएको थियो । अदालतको आदेशलगत्तै साहलाई सोमबारै जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटना भएको ६ घण्टा भित्रै साहलाई पक्राउ गरेको भएता पनि अनुसन्धान प्रक्रिया पुरा गर्न लामो समय लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए । लहान नगरपालिका– ८ मटेरुवा स्थायी घर भएका ४० वर्षिय रामहरी साह ०७६ बैशाख देखि उदयपुरको त्रियुगा नगरपालिका– ३ मोतिगडास्थित सुर्य गिरीको घरमा कोठा भाडा लिएर जेरी पुरीको पसल गर्दै आएको थियो ।
मृतक गोमा भनिने शारदाकुमारी चौधरी र साह बीच फेसबुक मार्फत ०७३ सालदेखि चिनजान भई नजिकै आएको प्रहरी अनुसन्धानका क्रममा साहले बयान दिएका थिए । साह र चौधरीको सम्बन्धको बारेमा साहका श्रीमति घर परिवारले थाहा पाएपछि साह घरबाट निकालिएपछि मोतिगडामा आएर पसल गर्दै आएको जनाएका छन् ।
फेसबुकमा चिनजान भई सम्र्पकमा आएको मृतक चौधरीले प्रयोग गरेको ४ वटा सिमकार्ड मध्ये ३ वटा आरोपित साहको नाममा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बुढा मगरले जानकारी दिए । मृतक चौधरी र साह बिच लामो सयम देखि अबैध सम्बन्ध रहदै आएको खुलेको छ । साहले चौधरीलाई बिवाह गर्ने हिसाबले सिरहाबाट उदयपुर आएको भएता पनि उनी नमानेको उनले बताएका छन् ।
प्रहरीले घटनाका अभियुक्त पत्ता लगाउनलाई धेरै मेहनत गर्नु परेको र प्रबिधिको सहयोगले घटना पत्ता लगाउन सहज भएको प्रहरी उपरिक्षक बुढा मगरको भनाई रहेको छ । घटना लगतै प्रहरीले पाँच दिनमा २०० जनालाई पक्राउ गरि अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक घनश्याम पोखरेलले जानकारी दिए । मृतक चौधरीलाई दशै अघि नै मार्ने योजना बनाएको भएता पनि अनुकुल नभएकाले दशै भित्र पारेको साहले दिएको साबित बयानमा उल्लेख छ .।
हत्या हुने दिन मलेशियाबाट श्रीमानले पैसा पठाएको थियो, पैसा निकालेर घर गएकी उनलाई साहले हत्या गरि उनले लगाएको कानको रिङ, गलको पुतली समेत प्रहरीले साहको कोठाबाट बरामद गरेको थियो । पक्राउ परेका साहलाई मुलुकी अपराध सहिता २०७४ को परिच्छेद– १२ ज्यान सम्बन्धि कसुर अन्र्तगत दफा १७७ को उपदफा– १ बमोजिम जन्मकैदको सजाय हुने उल्लेख गरिएको छ ।
Post a Comment