Websoft University

किसानलाई धान भित्र्याउने चटारो



काठमाण्डौ मंसिर ३ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकका किसान धान भित्र्याउनमा व्यस्त भएका छन् । ढिलो गरी भएको असारे वर्षाले हतारमा रोपाई सकेका कृषकले अहिले पालोपर्ममा बाली भित्र्याउन व्यस्त बनेका हुन् । नगरदेखि दुर्गमसम्म सबै कृषक अहिले धान भित्र्याउनमा व्यस्त छन् । 

जिल्लाकै अत्याधिक धान उत्पादन हुने मेलम्ची नगरपालिकामा यो वर्ष धान उत्पादन बढेको किसानको भनाइ छ । मेलम्ची नगरपालिका फट्केश्वरका राजकुमार भट्टराईले धानको लागि मेसिन पालैपालो गरेर प्रयोग गर्ने गरेको बताउनुभयो । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा १२ हजार दुइ सय ३५ हेक्टर क्षेत्रफलमा धान लगाइन्छ । 

जसअनुसार यो वर्ष ३४ हजार मेट्रिक धान उत्पादन भएको अनुमान गरिएकोछ । ९९ प्रतिशत भू भागमा रोपाईं भएकोमा आठ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको १२ वटै स्थानीय तहका विषयगत कृषि विकास शाखाले जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.