श्याम राइ गाईघाट मंसीर ३ गते । रातो तारा डट कम,स्थानिय बासिन्दाले कब्जामा लिएको टिफर छुटाउन जादा सोमबार राती भएको झडपमा तीन प्रहरी सहित ५ जना घाइते भएका छन् । प्रहरी ले मध्य राती आन्दोलनकारीलाइ भगाउन १० सेल भन्दा बढी अस्रु ग्यास प्रहार गरेका छन् ।
उदयपुरको बेलका नगरपालीकाको वडा नं ४ र ५ का सिसुवा खोलाबाट ठेकेदारले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गरी ढुङ्गा गिटी लिएर आउदै गरेको २० वटाटिफर १ वटा स्काभेटर स्थानिय बासीन्दाले नियन्त्रणमा लिएपछि विवाद उत्पन्न भएको थियो । गाउले ले नियन्त्रणमा लिएको उक्त टिफर प्रहरीले बल प्रयोग गरीलाने क्रममा स्थानिीय बासिन्दाले ढुङ्गा,मुढा प्रहार गरी अवरोध गरेपछि प्रहरी सग झडप भएको थियो ।
उक्त झडपमा ढुङ्गा लागेर प्रहरी जवान नर बहादुर कार्की, तुलसी कार्की, पदम कार्की घाइते भएका छन् । त्यसैगरी टिफर चालक गोगेन मण्डल र स्थानिय प्रेम अधिकारी शख्त घाइते भएका छन् । प्रहरीसगको झडपपछि राती १ बजे देखी स्थानियले लाल बजार क्षेत्रमा सडक अवरोध गर्दै नाराजुलुस गरेका थिए । अवरोधको कारण पूर्व देखी गाइघाट तर्फ आउने कुनै पनि सवारी साधन चलेको छैनन् ।
बेलका नगरपालीकाले गत भदौमा टेण्डर आह्वान गरेर नदीजन्य पदार्थ को उत्खनन् र विक्री वितरण गर्ने ठेक्का लगाएको थियो । नगरपालिका भित्रका १० वटा खोला बाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुङ्गा गिटी उत्खनन् र विक्रीवितरणको लागी विपी कन्स्ट्रक्सनले ले ३ करोड ७६ लाख रुपैयामा ठेक्का पाएको थियो । ठेकेदार कम्पनीले मापदण्ड विपरीत नदिबाट नदीजन्य पदार्थ निकालेको भन्दै स्थानिय बासीन्दाले विरोध जनाउदै आएका छन् ‘हामीले जथाभावी उत्खनन् नगर्न ठेकेदार लाइ भनेका थियौँ ।
तर उनीहरुले कुनै चासो देखाएनन्’ स्थानिय अगुवा प्रेम अधिकारीले भने । नदिमा जथाभावी उत्खनन् गरीदा हाम्रो गाउ बस्ती र खेतीयोग्य जमीनमा नदि पसेर क्षती पुग्ने देखीए पछि गाउले हरुले चर्को विरोध जनाएको उनले बताए । ठेकेदारले उत्खनन् निरन्तर गरीरहेपछि नगरपालिकामा समेत उजुरी गरेको तर कुनै सुनुवाइ नभएको उनले बताए । कतैबाट न्याय नपाएपछि गाउलेहरु सबै आन्दोलीत हुनु परेको उनले बताए ।
हाम्रो माग सुनुवाई नभएपछि ६ दिन अघि हामीले ठेकेदारको २० वटा टिफर र १ वटा स्काभेटर नियन्त्रणमा लिएका हौँ । ’ उनले भने । उनले गाउलेको नियन्त्रणमा रहेको गाडी प्रहरीले जवरजस्ती लैजान खोजेपछि झडप भएको बताए । गाउलेको आन्दोलन पछि सोमबार दिउसो बडा नं . ६ का वडा अध्यक्ष बसन्त मगर सग दिनभरी भएको वार्ता विना निष्कर्ष टुङ्गीएको थियोे । गाउलेह?ले नदीजन्य पदार्थको उत्खनन् विक्री वितरणमा नगरपालीकाले लगाएको ठेक्का रद्ध गर्नु पर्नेै माग उठाएपछि बार्ता असफल भएको लाल बजारका समाजसेवी विजय थापा मगरले बताए ।
प्रमुख जिल्ला अधिकारी धु्रव कुमार खड्काले आन्दोलीत गाउलेह?सग बार्ताको तयारी भैरहेको जानकारी
दिए । वार्ताको लागि लालबजार देखी गाउलेको टोली आउने जानकारी पाएको र साझ सम्ममा दूवै पक्षविच बार्ता हुने बताए ।
Post a Comment