काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्नुहुने भएकोछ । ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी समेत गराइसक्नुभएकोछ । हिजो साँझ मन्त्रिपरिषद्को बैठक राखेर उहाँले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताउनुभएकोहो ।
आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्दै उहाँले सार्वजनिक कार्यक्रममा नजानसमेत आग्रह गर्नुभएको बताइएको छ । सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिएपनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको जनाइएको छ ।
आज बिहान नेकपा सचिवालय बैठक बस्ने र दुई अध्यक्षबीच सहमति जुटे दिउँसो मन्त्रिपरिषद् पुनर्गठन हुने स्रोतले जनाएको छ । को को मन्त्री हट्दैछन् र को नयाँ आउँदैछन् भन्ने विषयमा भने प्रधानमन्त्रीले हिजोको बैठकमा केहीपनि भन्नुभएको छैन ।
Post a Comment