Websoft University

लायन्स क्लब सिटी सक्रिय -एकै दिन एक दर्जन सामाजिक काम

विराटनगर, मंसिर ३ गते । रातो तारा डट कम, लायन्स क्लब अफ विराटनगर सिटीले एकै दिनमा एक दर्जन बढी सामाजिक काम गरेको छ । उक्त क्बलले मंगबलार एकै दिन १३ वटा सामाजिक काम गरेको हो ।

क्बलका अध्यक्ष घनश्याम पोखरेलका अनुसार ग्रामिण बस्तीमा पुगेर एकै दिन १३ वटा सामाजिक कामहरू गरेको जानकारी दिए । लायन्स क्लब अफ विराटनगर सिटीले मोरङको सुनवर्सी नगरपालिका ६ मा पुगेर सामाजिक काम गरेको हो । सुनवर्षी ७ स्थित शान्ति क्षेत्र आधरभूत विद्यालयमा आयोजना गरिएको निःशुल्क आँखा शविरमा ७ सय ७६ जनाले आँख जाँच गराएका छन् । रामलाल गोल्सा आँखा अस्पताल र  ओम वहेलनेश अस्पतालको सहयोगमा उक्त कार्यक्रम भएको थियो ।

आँखा जाँच गराएका मध्ये ३२ जनाको मोतियाबिन्धु भेटिएको क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए । मोतियाबिन्धु भेटिएका विरामीहरूको निःशुल्क शल्यक्रिया रामलाल आँखा अस्पतालमा गरिने भएको छ । सोही दिन मधुमेह जाँच पनि सम्पन्न भयो । मधुमेश जाँचमा ६ सय ९० जनाको परीक्षण गरियो । धेरैको सगुरका विरामी भेटिएको पोखरेलले जानकारी दिए । त्यस्तै उच्च रक्तचाप जाँचमा १ हजार १ सय ११ जनाले परीक्षण गरे । दृष्टि सचेतना कार्यक्रम पनि सम्पन्न भयो ।

स्थानिय अभिभावक र विद्यार्थी गरि ३ ५० जना विद्यर्थाीलाई जानकारी गरायो । मधुमेश बारे जानकारी गराएको कार्यक्रममा ४२० जनालाई मधुमेश बारे जानकारी दिइयो । विद्यालय सरसफाइ सम्बन्धी जनचेनना कार्यक्रम पनि गराइयो । स्कूलका २ सय २० जना विद्यार्थीहरुलाई जानकारी गराइयो । अभिभावक, विद्यार्थी र क्लबका पदाधिकारीहरुले स्कूल पनि सरसफाइ गरेको थियो । क्यान्सर सचेतना कार्यक्रममा २ सय ५१ जना स्थानियलाई जानकारी गराइयो । यो रोग लाग्न नदिन र यसबाट बच्ने उपायहरुको बारेमा विशषयज्ञ चिकित्सकबाट जानकारी गराएको थियो ।

आँखा जाच गरिएको ७ सय ७५ जनालाई आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष पोखरेलले जानकारी दिए । एकै आयोजना गरिएको सामाजिक कार्यबाट करिब ३ हजार भन्दा बढीले सेवा पाएको उनको भनाई छ । सुनवर्षी नगरपालिका ६ का वडा अध्यक्ष तेजनारयण ताजपुरीयाको उपस्थीतिमा कार्यक्रम भएको थियो ।

 ‘एकै दिन, एकै समय र एकै ठाउँमा एक दर्जन कार्यक्रम सम्पन्न भयो,’ अध्यक्ष पोखरेलले भने, ‘ आफनो कार्यकायलमा ३ सय ६५ वटा सामाजिक कार्य गर्ने लक्ष्य रहेको छ । यो चाँडै पूरा हुनेछ ।’ यसरी झापा, मोरङ र सुनसरीका ग्रामिण क्षेत्रका बस्तीमा पुगेर सामाजिक कार्य गरेर अगाडी बढने उनले बताए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.