Websoft University

एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा


काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले गयराति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको कुरा समचारबाट जानकारी गराएकोछ । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा घोषणा गरिएको टोलीमा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने भने परेका छैनन् । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.