काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,जुम्लामा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको स्याउ विक्रि भएको छ । कृषि विकास कार्यालय जुम्लाको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार ३४ करोड रुपैया बराबरको स्याउ विक्रि भएको कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो ।
स्याउ विक्रिबाटै जुम्लामा ३४ करोड रुपैयाँ भित्रिएको उहाँको भनाइ छ । यस वर्ष जुम्लामा १२ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ८ हजार ५ सय ४७ मेट्रिक टन स्याउ विक्रि भएको शाहीले जानकारी गराउनु गराउनु भयो । जुम्लाका किसानले यस वर्ष एभरेजमा प्रतिकिलो ४० रुपैयामा स्याउ विक्रि गरेको कृषि अधिकृत शाहीले जानकारी दिनुभयो । ३ हजार ७ सय हेक्टर जमिनमा स्याउ खेति गरिएकोमा १ हजार ४ सय ८० हेक्टर जमिनमा स्याउ फल्ने गरेको छ ।
जुम्लामा उत्पादन भएको अर्गानिक स्याउ काठमाण्डौँ, सुर्खेत र नेपालगञ्ज सम्म पुग्ने गरेको छ । ग्रेडिङ र प्याकेजिङ बिना स्याउ धमाधम विक्री गरिएको कारण जुम्लाको स्याउले बाह्य बजारमा राम्रो मूल्य पाउन सकेको अवस्था छैन् । ग्रेडिङ नगरिएको स्याउले उचित मूल्य नपाउँदा सिकान र व्यापारी चिन्तामा छन् ।
Post a Comment