Websoft University

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि उच्च भयो–मन्त्री बास्कोटा


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,चिनियाँ राष्ट्रपतिको भ्रमणले अन्तराष्ट्रिय जगतमा नेपालको छवि अतुलनीय रुपमा बढेको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभएको छ । 

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनु आफैंमा महत्वपूर्ण घटना भएको र यसको बहुआयामिक महत्व रहेको दाबी गर्नुभयो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै बास्कोटाले भ्रमणले नेपाललाई अल्पकालीन र दीर्घकालीन फाइदा भएको बताउनुभएको छ ।

राष्ट्रपति सीको भ्रमणले विश्वको आँखा नेपालमा परेको बास्कोटाको भनाई छ । भ्रमणले राजनीतिक नेतृत्वबीच निकट र सुमधुर सम्बन्ध स्थापित गरेको समेत उहाँले बताउनुभयो । मन्त्री बास्कोटाले नेपालले विश्वका नेताहरुलाई सुरक्षा र सम्मान दिन सक्ने अवस्थामा पुगेको भन्दै खुशीसमेत व्यक्त गर्नुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.