दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ त ३१५३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट पैदल आउँदै गरेकी विराटनगर-१६ बस्ने बर्ष ५० की ठेकनीदेवी रायलाई ठक्कर दिएको थियो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते रायलाई उचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो १२:४० बजे सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सुनसरी बर्जु गाउँपालिका-३ अमरफाड बस्ने बर्ष ४० को रामा पहाडीलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment