Websoft University

कृषिमा महिलाको श्रम धेरै, स्वामित्व कम


काठमाण्डौ,फागुन २३ गते । रातो तारा डट कम,तथ्याङ्कले भन्छ, नेपालका करिब ६५ प्रतिशत मानिस कृषिमा आबद्ध छन् । कृषि मन्त्रालय भन्छ, खेति किसानी गर्ने मध्ये, ६५ प्रतिशत महिला छन् । कृषि उत्पादनमा महिला सहभागिता धेरै छ, तर त्यस अनुसारको आर्थिक स्वामित्व भने छैन । 

झापाका इन्द्रकला पोखरेललाई वर्षभरी धान, गहुँ, तोरी र तरकारीको स्याहार गर्दैमा फुर्सद मिल्दैन । ४८ वर्षका उहाँको आधा जीवन माटोसँग खेल्दैमा बित्यो । पछिल्लो समय खेति किसानीमा आवद्ध महिलाहरुको सङ्ख्या बढ्दै गएको छ । गुल्मीका अमृता केसी पनि च्याउ खेती र बेमौसमी तरकारी खेतीमा व्यस्त हुनुुहुन्छ । पहाडी क्षेत्रमा ८० प्रतिशत महिला खेति किसानीमा आबद्ध छन् । तराईका महिलालाई पनि बिहान उठेदेखि राती अबेरसम्म खेतिपातीकै कामबाट फुर्सद मिल्दैन । 

सिरहाका सञ्जिलादेवी यादव बिहान झिसमिसेदेखि झमक्क साँझ नपरुन्जेल खेतको काममै व्यस्त हुने बताउनुहुन्छ । एउटा अध्ययन अनुसार कृषि पेशामा रहेका महिलामध्ये ९४ प्रतिशत ग्रामिण महिला छन् । संख्यात्मक रुपमा महिलाको सहभागीता कृषिमा निकै देखिन्छ । तर आर्थिक रुपमा भने महिला किसानको अवस्था राम्रो देखिंदैन भन्नुहुन्छ, कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ विनोद भट्टराई ।

 ६५ प्रतिशत नागरिक कृषिमा आबद्ध रहेको नेपालमा मुस्किलले ३ देखि ४ प्रतिशत किसान व्यवसायिक छन् । १५ प्रतिशत व्यवसायिक किसान भए देशलाई पुग्ने सरकारको अनुमान छ । कृषिमा महिलालाई व्यवसायिक बनाउन सरकारको योजना चाँही के छ ? कृषि अनुसन्धान परिषद् नार्कका मुख्य वैज्ञानिक हरिकृष्ण उप्रेति महिलाको श्रम कम गराउने गरी प्रविधि र उन्नत विउविजनका लागि नार्कको अनुसन्धान अगाडी बढेको बताउनुहुन्छ । 

खेतबारीमा खट्ने र उत्पादन गर्ने ठाउँमा महिला बढि भएपनि आम्दानीको हिस्सामा महिलाको पहुँच कम छ । कृषिमा सरकारले चलाएका कार्यक्रममा महिलालाई प्राथमिकता दिनसके महिलाहरुको आर्थिक अवस्था बलियो हुने अर्थविद्हरु बताउँछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.