Websoft University

बिराटनगरको रंगशालामा हुन गइरहेको ५ औं महिला च्याम्पियनसिप फुटवल खेलको तयारी पुरा


काठमाण्डौ,फागुन २३ गते । रातो तारा डट कम,बिराटनगरमा फागुन २८ गतेबाट चैत्र गते सम्म बिराटनगरको रंगशालामा हुन गइरहेको ५ औं महिला च्याम्पियनसिप फुटवल खेलको तयारी पुरा भइसकेकोछ ।

एन.फा.(ANFA)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आज बिराटनगरमा पत्रकारहरु संग को भेटघाटको अन्तरकृय कार्यक्रममा बोल्दै, यो साफ महिला फुलवल गेममा नाम दर्ता भइसकेका सबै देशका खेलाडिहरुको सहभागिता रहने र बिराटनगरको रंगशाला अन्तराष्ट्रिय स्तरको बनिसकेको जानकारी गराउनु भएकोछ ।

खेल अवधि भरी सुरक्षाकाे व्यवस्था, आधुनिक एम्वुलेन्स दुइ, डाक्टर सहितको उपचार केन्द्र समेतको प्रचार प्रशारका लागि आधुनिक व्यवस्था महिला मैत्री बाथरुम सौंचालय,समेत व्यवस्था भइसकेको र बाहिरी यातायतको लागि सडक मर्मतका कामहरु भइरहेको शेर्पाले जानकारी गराउनु भयो ।

नेपाली महिला खेलाडिहरुले स्थानिय डिपिएसमा आफनो प्राक्टिस सुरु गरिरहेका छन भने अरु सहभागिहरुले पनि २६ गते बाट आउन सुरु हुने र प्राक्टिसमा उनिहरु लाग्ने बताउनु भयो ।

बिदेशी खेलाडीहरुलाई एन फा को अनुरोधमा श्री एर लाइन्सले छिमेकी देशहरुबाट आउने खेलाडीहरुलाई प्रतिव्यक्ति २८ हजार पर्ने टिकट रु ९ हजार  ५ सयमा मिलाई दिएको छ भने बिराटनगर काठमाण्डौको लागि टिकट रु १३ हजार ५ सयमा मिलाई सहयोग गरेको बताउनु भएको छ ।

बिराटनगरको रंगशालाबाट प्रत्येक्ष प्रसारणका लागि एपी टेलिभिजन संग एकाधिकारको सम्जोता भएको अन्य चेनल पत्र पत्रिका एफ एम अनलाईनले भिन्योल बाहेक समचारमात्र संकलन गर्न पाउने छन भने बिज्ञापन स्थानिय सुचिकृत सन्चारका माध्यामहरुलाई बराबरी बितरण गरिने कुराको जानकारी गराउदै, प्रचार प्रसारमा सबै सन्चार माध्यमहरुले सहयोग गरिदिन आग्रह गर्नु भयो । 

महिला साफ गेमका लागि बिराटनगर महानगरसपालिकाले रु १ करोड खर्च गर्ने र प्रदेश सरकारकारले ५० लाख बिभिन्न बिषयमा खर्च गरिरहेको कुरा शेर्पाले बताउनु भएकोछ ।     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.