बिराटनगर,फागुन २७ गते । रातो तारा डट कम,
नेपालमै पहिलो पटक विराटनगरमा हुनलागेको पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगीताको ट्रफि आज सार्वजनीक गरिएको छ ।
अखिल नेपाल फुटवल संघले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि ट्रफि सार्वजनीक गरेको हो । प्रतियोगितका ६ देशका सहभागि खेल क्याप्टेनले संयुक्त रुपमा ट्रफिको घुम्टो उघारेर सार्वजनीक गरेका थिए ।
पत्रकार सम्मेलनमा सहभागि राष्ट्रका कोच तथा क्यापटेनहरुले आ–आफ्नो देशले बिजय हासिल गर्ने दावी गर्नुभयो । उहाहरुले नेपालमा हुन लगेको प्रतियोगितालाई अवसरको रुपमा लिएको वताउनुभयो ।
नेपाल महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा आयोजना भएको प्रतियोगिता नेपालले जित्ने दावी गर्नुभयो ।
उहाले सहभागि सबै टिम सशक्त भएपनि नेपालको यसपटको प्रस्तुती विगतको भन्दा झन सशक्त हुने भएकाले नेपालको जित हुने पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो ।
विराटनगरको शहिद रंगशालामा भोली मंगलबार अपरान्ह ३ बजे देखि प्रतियोगिता नेकपा अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्नु हुने बताएको छ ।
सहभागि खेलाडीहरुलाई विराटनगरका विभिन्न खेलमैदानमा प्रशिक्षणको व्यवस्था मिलाईएको छ । प्रतियोगितालाई मध्यनजरगर्दै विराटनगरको सुरक्षा व्यवस्था सुद्धिढ वनाइएको छ ।
प्रतियोगितामा सहभागि हुन नेपाल,भारत, भुटान, श्रीलंका बंगलादेश,माल्दीम्सका खेलाडी तथा प्रशिक्षक सोमबार नै विराटनगर आई पुगेका छन ।
Post a Comment