Websoft University

पाँच ठुला अस्पतालको स्तरोन्नति गर्ने र चार अस्पतालको सरकारले नाम परिर्वतन गर्यो


बिराटनगर,फागुन २७ गते । रातो तारा डट कम,सरकारले मुलुकका ५ अस्पतालको स्तरोन्नति गर्दै नाम परिवर्तन गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ३ गते बसेको बैठकले देशभर पाँच अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ मा स्तरोन्नति गरेको हो । 

संघीय सरकारअन्र्तगत राखिएका ५ मध्ये ४ वटा अस्पतालको नामसमेत फेरिएको छ । प्रदेश २ को वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको नाम अबदेखि नारायणी अस्पताल, प्रदेश १ को मोरङको विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालको नाम कोशी अस्पताल, प्रदेश ५ को नेपालगञ्जको बाँके स्थित भेरी अञ्चल अस्पतालको नाम भेरी अस्पताल र सुदुरपश्चिम प्रदेशमा रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पतालको नाम डडेल्धुरा अस्पताल राखिएको 
छ । 

प्रदेश ३ को चितवनमा रहेको भरतपुर अस्पतालको नाम भने यथावत रहेको छ । स्तरोन्नति गरिएका अस्पतालहरुमा मुटुको शल्यक्रिया, मिर्गौला कलेजो फेर्ने, क्यान्सरजस्ता जटिल रोगको उपचार पनि हुने भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.