विराटनगर, भदौ २ गते । रातो तारा डट कम
पूर्वाञ्चल क्षेत्रमा यो बर्षको ९३ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । गत बर्ष साउन सम्ममा ८३ क्षेत्रमा मात्र धान रोपाई सकिएको थियो । यो बर्ष सुरुवात देखि नै मोसम अनुकुल भएका कारणले समयमै रोपाई सकिन लागेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीले बताउनुभयो ।
कार्यालयका अनुसार अहिलेसम्ममा यस क्षेत्रका उच्चा पहाडी जिल्लामा ९७ प्रतिशत, मध्य पहाडी जिल्लाहरुमा ८९ प्रतिशत र तराई क्षेत्रमा ९४ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । तराईका जिल्लाहरु झापामा ९९ प्रतिशत, मोरङमा ९७ प्रतिशत, सुनसरीमा ९८ प्रतिशत, सिरहामा सत प्रतिशत र सप्तरीमा ७५ प्रतिशत रोपाई सकिएको छ ।
त्यस्तै मध्य पहाडी जिल्ला पाँचथरमा ९५ प्रतिशत, इलाममा ८७ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ८१ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, उदयपुरमा९३ प्रतिशत, ओखलढुङ्गामा ८० प्रतिशत र खोटाङमा ९५ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङमा ९८ प्रतिशत, सखुवासभामा ९७ प्रतिशत, सोलुखुम्बुमा सत प्रतिशत रोपाई सकिएको जनाइएको छ ।
पूर्वाञ्चल क्षेत्रको धान रोपाई हुने कुल चार लाख ६६ हजार हेक्टर जमिन मध्ये चार लाख २१ हजार हेक्टर क्षेत्रमा धान रोपाई सकिएको छ । उत्पादनको हिसावले अन्न भण्डार मानिने तराईका जिल्लामा यो पटक रोपाईको अवस्था निकै राम्रो भएकाले अब यसमा उचित तरिकाले मल र पानीको व्यवस्था मिलाउन सके यो बर्ष धानको उत्पादन बढ्न सक्ने क्षेत्रीय निर्देशनालयका वरिष्ठ कृषि अधिकृत उप्रेतीको दाबी छ ।

Post a Comment