Websoft University

टिकापुर्णे भलिबल प्रतियोगिता डाडाबजारको पोल्टामा


युवराज ठकुरी/सिंहदेवी,मोरङ असोज २३ गते ।
रातो तारा डट कम,प्रत्येक वर्ष झैँ यो वर्ष पनि प्रभात युवाक्लब चौविसे गाउँपालिका-८धनकुटाद्वारा वडा दसैं टीका पुर्णेको अवसरमा आयोजित भलिबल प्रतियोगितामा सागुरीगढी डाडाबजारले विजयी हासिल गरेको छ।

१८टिम सहभागी भएको प्रतियोगितामा चौविसे गाउँपालिका-८समेवा दोस्रो र केराबारी-२सिंहदेवीले तेस्रो स्थान हात पारेका थिए। प्रतियोगितामा विजेता टिमलाई क्रमशःप्रथम २००००/-प्रमाणपत्र र मेडल, दोस्रो १३०००/-प्रमाणपत्र र मेडल, तेस्रो ५०००/-प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो।

 त्यसै गरि सोही अवसरमा आयोजित सामुहिक  नृत्यप्रतियोगितामा गौरव युवा क्लबले प्रथम स्थान ओगटेको छ। युवा आर्दश समाज सेवा कोर्णा दोस्रो, डाडा टोल युवा परिवर्तन क्लब केराबारी-१,पाटी तेस्रो र देवीटार युवाक्लब सोक्रोपाले सान्त्वना स्थान ओगटेका छन।

नृत्य प्रतियोगितामा विजयी टिमलाई क्रमशः प्रथम -५०००/प्रमाणपत्र,दोस्रो-३०००/-प्रमाणपत्र, तेस्रो -२०००/-प्रमाणपत्र वितरण गरिएको आयोजक कमिटीका भक्तमान तुम्बापोले बताए।नृत्य प्रतियोगितामा १० वटा क्लबहरु सहभागी भएका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.