Websoft University

अमेरिकी सैन्य विमान उत्तर कोरियाली आकाशमा : उतर कोरिया विमान खसाउने दाउमा


काठमाडौ,असोज २६ गते । रातो यारा डट कम,
सिओल – उत्तर कोरियाको अमेरिकी बमबर्षक विमान खसाल्ने चेतावनीका बाबजुत पनि अमेरिकी सैनिक विमान सैन्य अभ्यासका क्रममा उत्तर कोरियाली आकाशमा पुगेका छन्।

सैन्य अभ्यासको क्रममा अमेरिकी बी १ बी र एफ १५ नामक  विमान उत्तर कोरियाली आकाशमा उडाइएको दक्षिण कोरियाली सञ्चार माध्यमहरूलाई उद्धत गर्दै बिबिसीमा उल्लेख गरिएको छ।

विमान  उत्तर कोरियाली आकाशमा उडाउनु अगाडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई गतिलो जवाफ दिनका लागि सुरक्षा सल्लाहकारको राय लिएको सञ्चार माध्यमहरूले जनाएका छन्।

सैन्य अभ्यासका क्रममा दक्षिण कोरियाली तथा जापानी सैनिक विमानहरू पनि संयुक्त रूपमा सहभागिता देखाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। अमेरिकाले दक्षिण कोरिया लगायतका आफ्ना समर्थक मुलुकहरूलाई उत्तर कोरियाको खतराबाट मुक्तिका लागि उत्तर कोरियाली आकाशमा सैन्य अभ्यासका क्रममा विमान उडाइएको बताउँदै आएको छ।

अमेरिकी सैन्य विमान उत्तर कोरियाली आकाशमा अभ्यासका क्रममा रहेको बारे उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकाले भने परमाणु हतियारसम्बन्धी कार्यक्रममा उत्तर कोरियालाई रोक्न प्योङयाङले छैठौ पटक परमाणु हतियारको सफल रूपमा परीक्षण गरिसकेको छ । भने दुई मिसाई परीक्षण जापानको सामुद्रिक क्षेत्रमा खसालिसकेको छ।

पछिल्लो केही सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीच मिसाईल परीक्षणसम्बन्धी विभिन्न धारणाहरू सार्वजनिक भइरहेका छन्।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.