Websoft University

माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले पनि उमेदवार नाम सिफारिस गर्यो


बिराटनगर असोज २५ गते । रातो तारा डट कम,
मोरङ–आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट उमेद्वारको नाम पार्टीमा सिफारिस गरेको छ । बुधबार बसेको मोर्चाको मोरङ जिल्ला समितिले बिभिन्न क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको हो ।

जसमध्ये मोर्चाको केन्द्रीय उपाध्यक्षहरु तिलकप्रसाद राई र नगेन्द्र खाम्ले राई क्रमस मोरङ क्षेत्र नं. ३ (ख) र ४ नम्बरबाट प्रदेशसभाको समानुपातिक उमेद्वारमा सिफासिर भएका छन् । त्यसैगरी केन्द्रीय महासचिव अर्जुन राई(किरात) र जिल्ला अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य नवीन राई क्षेत्र नं.३ (क)बाट प्रदेशसभाको समानुपातिकतर्फ र केन्द्रीय सदस्य केदार राई सोही क्षेत्रको प्रदेशसभा प्रत्यक्षतर्फबाट सिफारिस भएका छन् ।

केन्द्रीय सचिवहरु हर्क छिन्ताङ राई, हस्त राई १ नम्बर क्षेत्रको क्रमस (क) र (ख)मा, रेवती राई ४(ख), नरबहादुर राई ६ नम्बर क्षेत्रबाट प्रदेशसभाको समानुपातिकमा नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नवीन राईले बताए । उमेद्वारको नाम सिफारिससँगै पार्टीलाई तीन बुँदे सुझाब समेत बुझाएको छ ।

चुनावी तालमेल आवश्यक रहेपनि विचार दर्शन, कार्यदिशा नमिलाई माओवाद तथा वर्गीय,जातीय, क्षेत्रीय, लिङ्गीय मुद्धा छाडेर पार्टी एकता भए पार्टी गम्भीर दुर्घट्नामा पर्ने चेतावनी पत्रमार्फत दिइएको  छ । सुझाव सहितको उमेद्वार सिफारिस पत्र पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय समितिमा पठाइएको मोर्चाको जिल्ला सचिव केदार राईले बताए ।

आगामी मंसिर १० र २१ गने हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि सल्लाहाकारहरु प्रा.डा.शिवकुमार राई, डा.ईन्द्रजित राई, गायक शम्भू राई, कवि भूपाल राई, जसराज किराती लगायत ११ जनाको नाम मोर्चाको केन्द्रीय समितिले यस अघिनै सिफारिस गरेको महासचिव अर्जुन किरातीले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.