Websoft University

हेटौंडामै अब नोट, हुलाक टिकट र चेकबुक छापिने


बिराटनगर असोज २५ गते । रातो तारा डट कम,
हेटौंडामै नोट, हुलाक टिकट र चेकबुक छापिने भएको छ । हेटौंडा उपमहानगर–१४ मयुरधापमा स्थापना गर्न लागिएको प्रदेशस्तरीय नयाँ औद्योगिक क्षेत्रमा सरकारले नोट छाप्ने तयारी गरेको हो ।

अत्याधुनिक प्रविधिको छापाखाना उद्योग स्थापना गर्न सरकारले २० बिघा जग्गा माग गरेको छ । ‘सरकारले उक्त मह९वपूर्ण प्रिटिङ प्रेस हेटौंडाको प्रदेशस्तरीय औद्योगिक क्षेत्रमा स्थापना गर्न जग्गा माग गरेको छ,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नेपालका अध्यक्ष एवं महाप्रबन्धक नन्दकिशोर बस्नेतले भने, ‘व्यवस्थापन लिमिटेडले आवश्यक जग्गा उपलब्ध गराउनेछ ।’ उद्योग मन्त्रालयले जग्गा उपलब्ध गराउन लिमिटेडलाई पत्राचार गरेको थियो ।

अहिले औद्योगिक क्षेत्रको डीपीआर भइरहेको छ । सरकारले चालु आवभित्रै छपाइ उद्योग स्थापनाको प्रारम्भिक कार्य सुरु गर्ने जनाएको छ । अघिल्लो सरकारले नोट, हुलाक र चेकबुकलगायत छपाइ उद्योग स्थापना गर्न मुद्रण विकास समिति गठन गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.