विराटनगर,असार २९ गते । रातो तारा डट कम,व्यवसायिक कृषि तथा व्यापार आयोजनाले पूर्वाञ्चलमा कृषकहरुलाइ २३ करोडभन्दा बढी अनुदान रकम वितरण गरेको छ ।
विश्व बैङ्कको रु १७ करोड ७३ लाख र नेपाल सरकारको लगानीमा रु पाँच करोड ८१ लाख अनुदानस्वरुपको रकम वितरण गरिएको कुरा आज आयोजना कार्यान्वयन सहयोग समूह(PRIST)ले कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो ।
कृषि बिकास मन्त्रालय व्यवसायीक कृषि तथा व्यापार आयोजना
(PACT) र (PRIST) का तर्फबाट वरिष्ठ अनुगमन तथा मुल्यांकन
अधिकृत भानुभक्त मैनालीले दिएको जानकारी अनुसार पूर्वाञ्चलका पहाडी जिल्लाहरुको बारेेेमा जानकारी गराउनु भएको थियो ।
पूर्वका,सोलुखम्बु,ओखलढुङ्गा,खोटाङ,सङ्खुवासभा,इलाम,भोजपुर जिल्लामा चालु आर्थिक बर्षमा लघु अनुदान तथा मझौंला कार्यक्रममार्फत अनुदान रकम उपलब्ध गराइएको
हो ।
प्रतिस्पर्धात्मक पुरक अनुदानको व्यवस्थाबाट कृषक समूह सहकारी संस्था र कृषि व्यवसायीहरुलाई कृषि व्यवसायिकरणको क्षेत्रमा मापनयोग्य नतिजा २–३ बर्षभित्रै हासिल गर्न सक्षम तुल्याउने उद्देश्यले सन् २०१३ देखि सन् २०१८ सम्मका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको
हो ।
सो अवसरमा पूर्वाञ्चलका क्षेत्रीय कृषि निर्देशक हस्तबहादुर विष्टले नेपालको ७५ वटै जिल्लामा अव यो कार्यक्रम सञ्चालनमा रहेको भन्दै २६ मिलियन डाँलरबाट सुरु भएको यो कार्यक्रम अव ८१ मिलियन डाँलरमा पुगेको बताउनुभयो ।
उहाँले यस कार्यक्रमको माध्यमबाट किसानहरुको जीवनस्तरमा व्यापक सुधार भएको देखेपछि विश्व बैंङ्कले अनुदानको दायरा बढाएको जानकारी जानकारी गराउनुभयो ।
आयोजना कार्यान्वयन समूहका प्रमुख भानुभक्त मैनालीले किसानहरुले गरेको सम्झौंताअनुरुप आधा काम सम्पन्न गरेपछि मात्र पहिलो किस्ता दिने गरिएको बताउनुभयो ।
उहाँले छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारी खेती,माछा खेतीका लागि र पशुसेवातर्फ दूधको डेरी, बङगुरपालन, कुखुरा पालनका लागि अनुदान रकम प्राप्त गरेको बताउनुभयो ।
सो अवसरमा जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोजकुमार यादवले यस कार्यक्रमको माध्यमबाट किसानहरु लाभान्वित भएको बताउनुभयो ।
यस क्षेत्रमा व्यवसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित पन्द्रहवटा संयुक्त आयोजना र ४२ वटा उपआयोजना सञ्चालनमा छन् ।
Post a Comment