रातो तारा डट कम,उत्तरी मोरङका पहाडी गाउँपालिकाका कृषकहरु यो वर्ष पनि अदुवाले बजार मूल्य नपाएपछि चिन्तित बनेका छन् ।
मोरङका गाउँपालिका केराबारी,लेटाङका पहाडी वडाहरु सिंहदेवी,भोगटेनी,पाटी र वाराङ्गीका कृषकहरु परम्परागत कृषि पेशालाई छाडेर बिस्तारै अदुवा,अम्लिसो,अलेची खेती तर्फ आकर्षित भए पनि प्रत्येक वर्ष अदुवाको मुल्य घट्दै गएपछि कृषकहरुमा अन्योलता छाएको कृषकहरू बताउछन।
एक केजीको पचास रुपैयाँमा बीउ किनेर अदुवा
खेतीको शुरूवात गरेको तर बिक्री भने पन्ध्र बीस
रुपैयाँमा गर्नु पर्दा कृषकहरु थप मार्कामा परेको
केराबारी-२सिंहदेवीका कृषक किराँत लिम्बू बताउँछन्।
धेरैले अदुवाको बजार मूल्य,अन्य खेती भन्दा सहज धेरै उत्पादन हुने देखेर यस खेतीमा आकर्षित भएको देखिन्छ।बजार मुल्य घटे पछि बजार मुल्य पर्खेर बस्नु भन्दा धेरैले सस्तैमा अदुवा बेचेका छन भने कसैले बजार मुल्य पर्खदै थन्क्याएर राखेका छ्न।
अदुवा खेतीले मात्र वैदेशिक रोजगारीमा
गएकाहरुको भन्दा ज्यादा आम्दानी गर्न थाले
पछि यस खेतीले धेरैको ध्यान तानेको छ।
प्रत्येकले धेरै थोरै अदुवा लगाएकै पाइन्छ तर
व्यवसायिक ढंगले थोरैले मात्र सुरुवात गरेका छन।यो साल अदुवाको मुल्य घटे पछि व्यापारीहरुको चहलपहल पनि घटेको कृषकहरु बताउछन।
मकै कोदोको तुलनामा अदुवाको मुल्य वृद्धि र उत्पादन गर्न सहज भएपछि किसानहरुको जीवन स्तरमा उस्किएको थियो।अदुवाको मुल्य बर्सेनी घटेपछि कोही कोही कृषकहरु वैकल्पको खोजीमा लागेको स्थानीय कृषकहरु बताउछ्न।
Post a Comment