Websoft University

आइतबारदेखि सरकारले नेपालको टेलिभिजन सेवामा क्लीन फीड नीति लागू गर्ने


काठमाडौं,असार ३१ गते । रातो तारा डट कम,साउन १ गते अर्थात आइतबारदेखि सरकारले नेपालको टेलिभिजन सेवामा क्लीन फीड नीति लागू गर्ने तयारी गरेको छ, यो सरकारको राम्रो कदम हो उपभोक्ताले भनेका छन ।

तर, टेलिभिजन प्रशारकहरुले क्लीन फीड नीति फिर्ता नभए आइतबारदेखि टेलिभिजन सेवा बन्द गने घोषणा गरेका छन् । केबल टेलिभिजनका संघसहित नेपालको एक मात्रै डिस होमले पनि क्लीन फीड नीतिको बिरोध गर्दै तत्काल फिर्ता गर्न माग गरिरहेको छ ।

डिस होमले क्लीन फीड नीति नै गलत भएको भन्दै यसले फेरि नेपालमा भारतीय अवैध डीटीएचलाई प्रोत्साहित गर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदिप आचार्यले अहिले पनि तराईसहित विभिन्न क्षत्रेमा गरेर ५ लाख अवैध डीटीएच नेपालमा प्रयोग भइरहेकाले क्लीन फीड नीतिले त्यसलाई थप प्रवर्द्धन मात्रै गर्ने बताए ।


चोरीको डीटीएच मौलाए सरकारले ठूलो नोक्सानी बेहोर्नुपर्ने कम्पनीको भनाइ छ । ‘यहाँ क्लीन फीड लागू भएपनि भारतीय च्यानलहरुले नेपालका लागि छुट्टै प्रशारण सामग्री फीड गर्न नसक्ने बताइसकेका छन् । अब यो नीति लाग्दा यहाँ प्रशारण हुने भारतीय च्यानलहरु अवैध हुने भयो’ आचार्यले भने,’अवैध रुपमा टेलिभिजन चलाउन नमिल्ने भएकाले साउन १ गतेदेखि टेलिभिजन सेवा स्वतः बन्द हुने अवस्था
छ ।’

उनले भारतीय च्यानलले नेपालका लागि छुट्टै प्रशारण सामग्री नदिने स्पष्ट गरेकाले टेलिभिजन प्रशारकहरु समस्यामा परेको बताए । डिसहोमका अनुसार भारतीय च्यानलले टेक्निकल रुपमा सम्भव हुने भएपनि त्यसरी आउने विशेष फीडवाला सामग्री थप महंगो हुने भएकाले नेपाली उपभोक्ताको सामथ्र्यअनुसार सम्भाब्य नहुने बताएका छन् ।

‘नेपालका लागि छुट्टै फीड गर्दा च्यानल थप महंगो हुन्छ । यसले उपभोक्तालाई नै मार पर्छ’ सिईओ आचार्यले भने,’अब नेपाली विज्ञापन प्रवर्द्धन गर्न विदेशी च्यानलमा डाउनलिंकमा नभएपनि हामी आफैंले नेपालीे विज्ञापन प्रशारण गर्ने अवस्था विज्ञापन संघले बनाउन सक्छ । त्यो अवस्था नबनेसम्म क्लीन फीड लगाउँदा सबै मारमा पर्छन् ।’

यसो गर्न सकेमा नेपाली विज्ञापन बजार थप विस्तार गर्न र अहिले आएको सहज अवस्था पार लगाउन सहज हुने धारणा टेलिभिजन सञ्चालकको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.