रबिन्द्र बराल -रंगेली, माेरङ,श्रावण १ गते, अाईतबार।
रातो तारा डट कम,माेरङका दक्षिणी भेगका कृषक हरु श्रावण महिना लागि सक्दा पनी पानी न पर्दा यति खेर किशान हरु माेटरकाे भरमा खेती गर्ना बाध्य रहेका छन ।
जिल्ला कृषि वरिष्ठ अधिकृत मनाेज यादवका अनुसार यसबर्ष पानी नपरेका कारण ३५ प्रतिशत मात्रै धान खेति भएको बातउदै उनी भन्छन् । बिगतकाे दुई बर्षकाे धान बालि अनुसार यस बर्षपनि ७८ हजार हेक्टरमा धान खेतीकाे क्षेत्र फल याेग्य रहेको छ ।
माेरङकाे केराबारी,टाडि,याङसिला मा समयमै पानी नपर्दे अहिलेसम्म ८ प्रतिशतले मात्रै धान राेपाई गरिसकेको र ईटहार,सिजुव,रंगेली,डाईनियाँमा बुधनगर,मझारेमा १८ प्रतिशतले राेपाईगरेकाे र नहरको पानिले बाहुनी,हाेक्लावारी,बेलवारी,हरैचा
मा १० प्रतिशतले धानराेपाई सकेको यादवले बताए ।
उनि भन्छन अब पनि पानी नपरेमा माेटरकाे भरमा खेती गरेपनि उब्जनीमा निकै कमिअाउने र अहिले राेपेकाे धानकाे बेर्ना छिपिएर गईसकेकाे हुनाले धान फुल लाग्न निकै कमिअाउने बताउँछन् ।
स्थानीय निकायकाे निर्वाचन ले गर्दा कृषक हरु खेतीपाती मा नलागेर धानकाे बेर्ना राख्न ढिलाई गरेको र पानी समेत नपरेको कारणले धान उब्जनिमा कमिअाउने समेत यादव ले बताए ।
माेरङकाे रंगेली,अामगाछि,टकुवा,अमरदह,गाेविन्दपुर,सिजुवा, साेराभाग,बबिया,कर्सिया लगायतका दक्षिणी भेगमा बसाेवास गर्ने् अधिकान्स कृषि पेशामा अाधारीत छन ।
यस भेगका कृषक हरुले बर्खे धान लगाउन अाकाशकाे भरमा खेति गर्ने गरेका छन । श्रावण महिना लागि सकेता पनि पानी नपर्दा असार १५ गते राखेकाे धानकाे बेर्ना समेत पानी नपर्दा खेतमै सुखेर मर्न थालेकाे गाेविन्दपुर ३ का टंक कार्किले बताए।
उनी भन्छन् दिउसो बेर्नामा पानी हाल्याे भाेलि पल्ट सबै पानी सुकेर जान्छ कसरी खेति गर्नु दुखेसो पाेख्छन ।
उनित एउटा उदाहरण मात्रै हुन ।
उनी जस्ता सयौं किशान हरु पानी नपर्दा दिनदिनै चिन्तामा परेका छन ।
असार पन्द्रमा कृषक हरु धान राेपाई सकेर मैझाराे गरी दही चिउरा खाने परमपरा सपना झै बितियाे कृषक हरुका लागि असार १५ हर्सन बिस्मत भएको छ ।
असार महिनामा खाेलानाला खेत वारि पानी ले भरिभराउ हुने समयमा अहिले खेत बारीमा सुखेकाे माटाेकाे डल्ला मात्रै देख्न पाईन्छ । धान राेपन ठिक्क पारेको खेतमा झार जङ्गल ले भरिएको रंगेली नगरपालिका ७का कृषक काैरब खड्का बताउँछन् ।
माेरङकाे रंगेली नगरपालिका ६ का कृषक बिगत १० बर्षदेखि कृषि पेशामा लागेका सुनिल कुमार साह ले भने असार महिनामा कृषक हरुले खेतमा धान राेपेर सक्नु पर्ने समयमा अहिले सम्म अाफ्नाे २ बिघा खेत बाझै रहेको उनि बताउछन ।
कृषक हरुले असारमा खेलगाएकाे धान ले एक बर्ष भरि खान लगाउन पुगाउने किसान हरु अब कसरी धान राेपेर अाफ्नाे बर्षभरिकाे लागि खान धान कसरी जाेह गर्ने भनेर चिन्तामा परेका छन ।
धानको बीउ भने पानी नपरे सुकेर मर्न लागेकाे उनी बताउँछन। नेपाल सरकार काे ३५ लाखको लागतमा एक बर्ष अगाडि ईस्टेड बाेरिङ सुनवर्शि ५ स्थित बन्काेलमा साे बाेरिङ यति खेर बेकामे भएको छ ।
अहिले कृषक हरुले खेतमा धान राेपनका लागी माेटर जडान गरेर खेति गरेपनि बिहानै पनि हालेर राखेपनि रातभरि मा खेतकाे पानी सबै सुकेर जाने गरेकाे कृषक हरु बताउँछ ।

Post a Comment