Websoft University

यात्रुवहाक बस पल्टिँदा १६ घाइते


रबिन्द्र बराल,रंगेली,माेरङ-जेठ २८ गते ।  रातो राता डट कम-
मोरङको रंगेली बिराटनगर सडक खन्ड अन्तरातो धनपाल
सडकभन्दा तल पुगेर पल्टिएको र  बसका सवार १६ जना यात्रु घाइते भएका छन ।

 रंगेलीतर्फ अाउदै गरेको को १ ख ३०१५ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको को ५ प ९२१३ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई बस पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मोरङको भौंडाहा ५ का धनेश सरदारसहित अन्यको विराटनगरस्थित कोसी अञ्चल अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको छ  ।

 घाइते हुनेहरूमा मोरङको पथरीशनिश्चरे ११ का १९ वर्षीय सोनु दास, सोराभाग ४ का ३० वर्षींय प्रकासदास कामत,
भारतीय नागरिक २२ वर्षीय रुक्सर खातुन, बाँसबारी ४ की ६० वर्षीय सत्यनारायण साह, गोविन्दपुर ६ का ५७ वर्षीय गोमा कटुवाल घाइते भएका हुन ।

१६ जाना सामान्य रहेको ईलाका प्रहरी कार्यलयले रंगेली का प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनुभयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.