
सप्तरी, जेठ २१ गते । रातो तारा डट कम,दोस्रो चरणको स्थानीय चुनाव नजिकिँदै जाँदा राष्ट्रिय जनता पार्टी छाड्नेहरुको संख्या बढ्दो रहेको समाचारमा उल्लेख छ ।
अहिले जनतालाई चुनाव चाहिएको छ कसैका कुरा सुन्न जनता मान्न तयार छैनन् ।
तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर गठन भएको राजपाले चुनावमा भाग लिने नलिने निर्णय गर्न सकिरहेको
छैन । राजपामा अहिलेपनि संविधान संशोधन नभएसम्म भन्दै चुनाव बहिस्कार गर्नु पर्ने मत बलियो देखिएको छ ।
तर, चुनाव बहिस्कारको नीतिले तराईका जिल्लाहरुमा भने जनतले पार्टी छाडेर चुनाव ति
बढिरहेका छन् । २० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउने उद्देश्यले राजपाका नेताहरु पार्टी परिवर्तन गर्न थालेका छन् ।
सप्तरीमा मात्र राजपाका दुई जना प्रभावशाली केन्द्रीय सदस्यले पार्टी छाडेका छन् । १७ जेठमा राजविराजमा कार्यक्रम गरेर संघीय समाजवादी फोरम नेपालले उनीहरुलाई भित्र्याएको छ ।
राजपाका नेताद्वय भीमराज यादव र भरत साहसहित दर्जनौं समर्थकसहित फोरम नेपालमा प्रवेश गरे । राजपा छाडेर फोरम नेपालमा प्रवेश गर्नुको कारण चुनाव बहिस्कार गर्ने पार्टीको योजना नै हो ।
फोरम नेपालमा प्रवेश गरेपछि भीमराज यादवको राजविराज नगरपालिकामा मेयरको टिकट फिक्स भएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी आउँदा धेरै ठाउँमा पार्टी प्रवेश कार्यक्रम राखे । अधिकांश ठाउँमा राजपाकै नेता कार्यकर्ता प्रवेश गरेको देखिएको छ ।
सदरमुकाम राजविराजसहित हनुमाननगर, छिन्नमस्तामा आयोजना गरिएको फोरम नेपालको पार्टी प्रवेश कार्यक्रममा बढी राजपाकै नेता, कार्यकर्ता प्रवेश गरेका छन् ।
छिन्नमस्तामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा राजपा परित्याग गरी विन्देश्वर मण्डल, छेदी मण्डल, शिवजी मण्डल लगायतका दर्जनौं नेता, कार्यकर्ता फोरम नेपालमा प्रवेश गरे । तिलाठी कोईलाडी र गोईठीमा समेत सयौं कार्यकर्ता फोरममा प्रवेश गरेको फोरम नेपालका प्रचार विभाग प्रमुख बृजमान तामांगले बताए ।
यसअघि १२ बैशाखमा फोरम नेपालले नै सिरहाको लहानमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य रामनारायण मेहता पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरे । उनीसँगै राजपाका नेता रामएकबाल साह, क्षेत्रीय सदस्य रमेश कुमार महतो, नगर सदस्यहरु सन्तोष कुमार महतो, हरेराम महतो र रामउजागर महतो लगायतका फोरम नेपालमा प्रवेश गरे ।
बारा घर भएका राजपाका सह महामन्त्री समिम अन्सारी एमालेमा प्रवेश गरेका छन् भने महोत्तरीका राजपाका केन्द्रीय सदस्य लक्ष्मी महतो राप्रपामा प्रवेश गरेका छन् । सर्लाही निवासी अर्का केन्द्रीय सदस्य हरि गोले लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।
दुईचार जनाले पार्टी छाड्दैमा फरक पर्दैनः राजपा
पार्टी चुनावमा जाने मनसाय नबनाएपछि उसका कार्यकर्ताहरु धमाधम अर्काे पार्टीमा प्रवेश गर्न थालेका छन् । तर, राजपाले यसले केहि फरक नपार्ने जनाएको छ ।
राजपा महासचिव मनिष सुमनले दुईचार जनाले पार्टी छोड्दैमा केहि फरक नपर्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘जनताले पहिला संविधानमा संशोधन चाहेका छन्, अनि मात्रै चुनाव । हामी जनतासँग विश्वासघात गर्न सक्दैनौं ।’ अनलाइन खबरबाट
Post a Comment