Websoft University

राजनीतिक पाटीहरूले भोटको लागि चुनावी तालमेल गर्दै



बिराटनगर असार ५ गते । रातो तारा डट कम,दोस्रो चरणको निर्वाचनमा पनि दलहरूले मुख्य पदका लागि एकअर्कालाई सघाउने गरी विभिन्न स्थानमा तालमेल गरिरहेको पाइन्छ । एक्लाएक्लै लड्दा परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना कम भएपछि दलहरूले निर्वाचनमा तालमेल बनाउन थालेका हुन।

विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ । विराटनगरको मेयरमा एमालेका जिल्ला अध्यक्ष विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका
छन् । कांग्रेसले आफ्नो आधार क्षेत्र रहेको मोरङमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ ।

विराटनगरमा कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उम्मेदवार बनाएर मैदानमा उतारेको छ । मोरङमा कांग्रेस बाहेक संघीय समाजवादी र माओवादी केन्द्रले गठबन्धन गरेका छन भने, एमाले र लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको
छ ।

मोरङमा आफ्नो जितका लागि भन्दै संघीय समाजवादी फोरम र माओवादी केन्द्रले पनि तालमेल गरेका छन् । संघीय समाजवादी फोरम र माओवादी केन्द्रले आइतबार पत्रकार
सम्मेलन गरी जिल्लास्थित विराटनगर महानगर, रतुवामाई नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकामा चुनावी गठबन्धन भएको र बाँकी ठाउँको गठबन्धनका लागि छलफल भइरहेको जानकारी दिए ।

फोरम केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जयराम यादवले चुनावी गठबन्धनअनुसार विराटनगर महानगरमा फोरमबाट मेयरमा पूर्वजिल्ला अध्यक्ष उमेश यादव र माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने पोख्रेलको टुंगो लागेको बताए ।

जिल्लामै सबभन्दा पहिले विराटनगर महनगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेका माओवादी केन्द्रका भोगेन्द्र यादव तालमेलपछि उठेनन् ।

रतुमाई नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल र संघीय समाजवादीबाट उपमेयरमा नारायण ताजपुरिया, धनपालथान गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक्रम पासमान र संघीय समाजवादीबाट उपाध्यक्षमा इन्दिरामणिदेवी मण्डल र कटहरी गाउँपालिकामा संघीय समाजवादीबाट अध्यक्षमा श्याम मण्डल र माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार दिने टुंगो लागेको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोपी अछामीले बताए ।

माओवादीले यसअघि उम्मेदवार घोषणा गरेको कटहरी गाउँपालिकाका अध्यक्ष योगेन्द्र यादव, रतुवामाई नगरपालिकाको उपमेयर लीलामाया तामाङ, धनपालथानका उपाध्यक्षका उम्मेदवार चाँदनी कुमारी मण्डलले उम्मेदवारी दिएनन् ।

जिल्ला इञ्चार्ज अछामीले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिअनुसार आफूहरूले जिल्लामा चुनावी गठबन्धन गरेको बताए ।

माओवादी केन्द्रका इञ्चार्ज अछामीले थप ४ ठाउँमा संघीय फोरमसँग गठबन्धनका लागि छलफल भइरहेको बताए । अन्य ठाउँमा पनि जित सुनिश्चित गर्न अरू दलसँग छलफल भइरहेको उनले जनाए ।

मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा गरी मुलुककै सबभन्दा बढी ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.