Websoft University

कोशी राजमार्ग को रानीमा बस पल्टिँदा १७ जना घाइते भए

विराटनगर, जेठ २२ गते । रातो तारा डट कम-जोगवनीबाट विराटनगर तर्फ आउँदै गरेको ना. १ ख ७५६ नम्बरको गाडी विराटनगरको एम.एम. प्लाष्टिक उद्योग अगाडी सोमबार दिउँसो पल्टिदा १७ जना यात्रु घाइते भएका छन् ।
घाइते भएका मध्धे १० जना गोल्डेन र ७ जना कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख मदन गिरीले जानकारी दिए। 
घाइते मध्धे एकको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । ट्राफिक प्रमुख गिरीले भने, ‘विराटनगरबाट जोगवनी तर्फ जाँदै गरेको सिटी सफारीलाई जोगाउन खोज्दा गाडी पल्टिएको देखिन्छ । 
सिटी सफारी र गाडी पूर्ण रुपमा छती भएको छ । गाडीको चालक फरार भएको हुनाले खोजी कार्य जारी रहेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.