Websoft University

रोकिएन सरकारी सवारीसाधनको दुरुपयोग


काठमाडौं, असार ८ गते । रातो तारा डट कम,सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको पाइदैन ।

गृह मन्त्रालयले एक वर्षयता दुई सयभन्दा बढी सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको
छ । संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् ।

सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट राख्ने अनुमति दिएको आजको नागरिक दैनिकमा खबर छ ।

द्वन्द्वकालमा सरकारका उच्च अधिकारीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो । शान्ति स्थापना भई संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी प्लेट राखेर गाडी चलाउन छाडेका छैनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.