काठमाडौ, असार ८ गते । रातो तारा डट कम, चन्द्रागिरि हिल्स प्राइभेट लिमिटेडले बिकास प्रवर्द्धनका लागि यात्रुलाई सुबिधा दिनको साटो टेलिभिजन विज्ञापन सामग्री सार्वजनिक गरेको छ । तर भक्तहरूलाइ चन्द्रा गिरी हिडेरै जानलाइ सजिलो भने छैन ।
व्यवस्थापन राम्रो नहुदा केवल कार चल्ने ठाउ सम्म जान यातायातको असुबिधा छ भने भालेस्वर माहादेव आसपासमा भएका होटल रेष्टुरेन्ट अति महगा हुनु जस्ता नकारात्मक कुरा पनि त्यहा रहेछन । महगो बिज्ञापन बनाउदैमा यात्रि र केवल कार चडन जाने भक्तहरूलाइ सेवा पुगेको भन्न सकिदैन ।
विज्ञापन सामग्रीमा महजोडी कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथसाथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ ।
उक्त प्रवर्द्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका हुन् ।
बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामग्री बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकावीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्तरुपमा सार्वजनिक गरेका छन् ।
प्रवर्द्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका ख्यातीप्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए ।
कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनागर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
संचालक अम्बिका प्रसाद पौडेलले स्वागत गर्दै चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारे पनि सेवा सुबिधाको बारेमा बोलेनन् ।
विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफूहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए।
कलाकारद्घय दिपकराज गिरी र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने हो भने व्यवस्थापनमा ध्यान दिदै यात्रु लाई सुबिधा दिनु पर्यो ।
Post a Comment